किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण | Khabarhub Khabarhub

किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो ।

साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गरे । किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिनी टेलर सहयोग गरिएको नगरप्रमुख पण्डितले बताए ।

अनुदान तथा सहुलियतमुखी कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादनमा वृद्धि भई कृषि विकासमा टेवा पुग्ने विश्वास गरिएको पण्डितको भनाइ छ । यस्तै कृषि ज्ञान केन्द्र तनहुँले अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको कार्यक्रमअनुसार भानु नगरपालिका–५ बारीफाँटस्थित समता कृषि सहकारी संस्थाका सदस्यलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको हो ।

मकै बीउ वितरण तथा मकै बीउ प्रवर्द्धन कार्यक्रमअन्तरगत हाते ट्याक्टर, मकै छोडाउने उपकरण लगायतका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार पाँच थान हाते ट्याक्टर, पाँच थान मकै छोडाउने उपकरण, पाँच थान स्प्रेयर वितरण गरिएको छ । त्यस्तै ८५ प्रतिशत अनुदानमा ९७ मिटर कुलो निर्माणका लागि पाइप, ७५ प्रतिशत अनुदानमा तीन सय रोपनीका लागि मकै बीउ वितरण गरिएको उनले बताए । सबै सामग्रीको मूल्य कूल सात लाख ३८ हजार रहेको उनको भनाइ छ ।

सहकारी संस्थामार्फत् मकैको बीउ सो वडाको ढाडखोला, डाडाँगाउँ, छ सय फाँट, देवीपानीटोल, देउराली टोलमा वितरण गरिएको छ ।

उत्पादनमा आधारित अनुदान वितरण गरिने
म्याग्दे गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरणका लागि ३५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यावसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी बमोजिम अनुदान वितरणको प्रक्रिया अगाडि बढाएको छ ।

उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ ३० लाख तथा दूधालु गाई खरिद अनुदान लागत साझेदारीमा पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गाउँपालिकाले लागत साझेदारी अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम कार्यन्वयन गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका उत्पादन गरिरहेका व्यावसायिक व्यक्ति तथा उत्पादनमूलक र रोजगारमूलक व्यावसायिक योजना बनाएका अर्ध बेरोजगाररबेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवालाई निवेदन दिन आग्रह गरिएको अधिकारीले बताए ।

उक्त कार्यक्रमअन्तरगत ठूला व्यवसायतर्फ कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण र आयआर्जनका लागि पशुधन खरिद, प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम गर्न चाहने कूल पुँजी ५० लाख वा सो भन्दा बढी  भएको र कम्तीमा तीन जनालाई रोजगारी दिएको व्यक्तिलाई ५० प्रतिशत अनुदानको रकम पाँच लाख रुपैयाँ उपलब्ध गराइने अधिकारीले उल्लेख गरे।

त्यस्तै मझौला व्यवसायअन्तरगत कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम र साना व्यवसाय अन्तरगत र स्वरोजगारतर्फ कृषि पशु, पर्यटन, उद्यम लगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रमका लागि पनि लागत साझेदारीको ५० प्रतिशत अनुदान उपलब्ध गराइने अधिकारीले जानकारी दिए । 

 

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : १७ बजे

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु

काठमाडौं– बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा

फिनिक्स चराको कथा सुनाउँदै प्रदीप ज्ञवालीले भने- एमालेलाई खरानीबाट पुनर्जीवन पाउने जनताको बरदान छ

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले खरानीकै थुप्रोमा टेकेर एमालेले

सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुरोध

लुम्बिनी–  ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा ठूलो

एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ

काठमाडौं– गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्