बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु « Khabarhub

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

पोखरा– मुस्ताङबाट म्याग्दीको बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब १० बजेको समयमा रा१ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएकी ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : ३० बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र