संविधान संशोधनमा ढिलाइ नगरौँ : नेता कोइराला « Khabarhub

संविधान संशोधनमा ढिलाइ नगरौँ : नेता कोइराला


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताएका छन् । शनिबार टोखास्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताएका हुन् ।

‘सरकारले तीनवटा कुरा, खासगरी संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ,’ सभापति शेरबहादुर देउवा पनि सहभागी साधारण सभामा कोइरालाले भने, ‘जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ ।’

उनले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको टिप्पणी गरे । ‘हामी सत्तामा छौँ तर, सरकारमा छैनौँ,’ कोइरालाले भने, ‘किन भने हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ ।’

नेता कोइरालाले सरकारले गलत नगरोस् भनेर आफूहरूले खबरदारी गरिरहेको पनि बताए । सरकारलाई खबरदारी नगरिए कांग्रेसलाई अप्ठ्यारो पर्न सक्ने उनको तर्क थियो ।

‘हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ । त्यसैले कहीँ यो सरकार गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ,’ कोइरालाले भने, ‘हामीले खबरदारी गरेनौंँ भने कांग्रेसलाई अफ्ठ्यारो पर्न सक्छ ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : ५९ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र