‘वायु प्रदूषणको चपेटामा पर्दा पर्यटन क्षेत्र धरासायी’ « Khabarhub

‘वायु प्रदूषणको चपेटामा पर्दा पर्यटन क्षेत्र धरासायी’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वायु प्रदूषणको चपेटामा पर्दा सुन्दर देशको छवि धमिलिएको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्रदूषणकै कारण पर्यटन क्षेत्र धरासायी बन्दै गएको पर्यटनकर्मीको चिन्ता छ । बाह्य पर्यटक आकर्षित गर्न वातावरण संरक्षणमा लागि पर्नुपर्ने पर्यटन क्षेत्रका सरोकारवालाहरूले जोड दिए ।

जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिले पर्यटकको आगमन प्रभावित भएकोतर्फ सचेत हुन सरोकारवालाले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखि मुलुकको पर्यटन क्षेत्रको विकासमा क्रियाशील सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योग वातावरण प्रदूषणको चपेटामा परेकामा चिन्ता व्यक्त गरे ।

नेपाल वातावरण पत्रकार समूहले ‘पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर’ शीर्षकमा शनिबार काठमाडौंमा आयोजना गरेको छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले वातावरण प्रदूषणका कारण देशको सुन्दर छवि धमिलिएको बताए ।

‘पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ । वायु प्रदूषणका कारण पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नु परेको छ । प्रदूषणका कारकलाई रोक्न सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । निजी क्षेत्र र सरकोकार भएका सबैले होस्टेमा हैँसे गरेर पर्यटन क्षेत्रको विकासका निम्ति लाग्नैपर्छ ।’ प्रमुख कार्यकारी अधिकृत जोशीले भने ।

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा नकारात्मक असर देखिएको बताए । उनले भने, ‘जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लिएको छ । विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल पर्दछ तर अहिले वायु प्रदूषणले देशको छवि धमिलियो । प्रदूषण घटाउनेतर्फ सबै लाग्नुपर्छ ।’

वायुप्रदूषण रोक्ने सचेतना अभियानमा लामो समयदेखि लागेका भूपेन्द्र दासले विश्व नै वायु प्रदूषणको चपेटामा परेको बताए । उनले डढेलो, फोहरमैला जलाउने, सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ, धुँवाको मुस्लो फाल्ने पुराना सवारीसाधनको प्रयोग, निर्माण क्षेत्र र कलकारखानाबाट पनि वायु प्रदूषण भएको बताए । वायु प्रदूषणले पर्यटन उद्योगमा दीर्घकालीन असर परेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ३ : २८ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि