प्रधानमन्त्रीले भने– देशमा युवा निराश हुनुपर्ने अवस्था छैन « Khabarhub

प्रधानमन्त्रीले भने– देशमा युवा निराश हुनुपर्ने अवस्था छैन


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा युवा निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले युवालाई उद्यमशीलता सिक्न आह्वान गरे ।
सरकारले नयाँ वातावरण निर्माण गरेर युवालाई स्वरोजगार बनाउने बताए ।

नेकपा एमालेको जागरण सभालाई झापाको दमकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो देशमा किन बस्ने भनेर दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको बताएका छन् । ‘त्यस प्रवृत्तिबाट जोगिएर यही बस्ने वातावरण सिर्जना गरेर युवालाई यहीं राख्ने वातावरण तयार गर्ने बताए ।
‘उद्यमशीलताको विकास गर्ने आजको नारा हो । उद्यमशीलता सिक्नुस्, एउटाले अर्कोबाट सिक्नुस्, तालिम कक्षाहरु सञ्चालन गर्न स्थानीय सरकार, प्रदेश सरकार लागि पर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले जहाँ जनता छन् त्यहाँदेखि अभियान उठाएर लानु एमाले कार्यकर्तालाई निर्देशन दिए । उनले वैशाख ११ गते काठमाडौंमा युवा महोत्सव गर्ने बताए । उनले जनवर्गीय संगठनलाई आग्रह गर्दै ४० वर्ष मुनिका युवालाई विजय दिवस मनाउन अपिल गरे । ‘राजाले विघटन गरेको संसद जनताले पुनःस्थापित गरेको दिन हो । त्यसलाई विजयोत्सवका रुपमा मनाऔं । सहजीकरणका लागि पार्टीलाई आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ३ : ३५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ