पूर्वसचिव पाण्डेले ल्याए ‘सम्झनाका फूलहरू’ | Khabarhub Khabarhub

पूर्वसचिव पाण्डेले ल्याए ‘सम्झनाका फूलहरू’


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ सार्वजनिक भएको छ। भौतिक विकास, पर्यावरण संरक्षण, मुलुकको कूटनीति, शिक्षा तथा प्रशासन सेवाका अनुभव समेटेरे तयार पारिएको पुस्तकको शनिबार कीर्तिपुरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विमोचन गरिन् ।

नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’ का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रुपमा ल्हासामा रहँदा स्थापना गराउँदाको अनुभव पनि पुस्तकमा समेटिएको छ ।

पुस्तक विमोचनपछि पूर्वप्रधानन्यायाधीश कार्कीले पुस्तकका माध्यमबाट राज्यव्यवस्था र त्यससँग सम्बन्धित विषय सार्वजनिक गरेर लेखकले आम पाठकलाई गुन लगाएकाे बताइन् ।

कवि प्रह्लाद पोखरेले पुस्तक नयाँ–पुराना दुवै पुस्ताले पढ्नुपर्ने बताए । काठमाडौं महानगरपालिका– १७ का वडाध्यक्ष रोजिना श्रेष्ठले पुस्तकका केही प्रसङ्ग हरेक नेपालीको जीवनसँग मिल्ने किसिमका भएकाले पुस्तक पठनीय भएको टिप्पणी गरिन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ४ : २० बजे

श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर

पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय

तराईमा आगामी दुई दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी

कश्मिरमा मारिएका सुदीपको शव आजै लखनउ हुँदै बुटवल ल्याइने

काठमाडौं – काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश