देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो : प्रधानमन्त्री ओली « Khabarhub

देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो : प्रधानमन्त्री ओली


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

झापा- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् ।

नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएका’ टिप्पणी गरे ।

“देश अब कानुनअनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरु, आगजनी गर्नेहरुले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उत्साहित हुनु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकिएको छ”, प्रधानमन्त्री ओलीले भने, “विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । जनताको अभिमतबाट हामी पुनःसरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले निर्माण रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा विकासका आयोजनाले अब गति लिने जनाउँदै आगामी बजेट एवं नीति तथा कार्यक्रममा नयाँ ढङ्गले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने बताए । नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउँदै भने– “हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ । अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ ।”

भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्न आगामी संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबीबाट मुक्त गराउन वर्तमान सरकार क्रियाशील रहेको बताए । फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दोहोर्‍याउँदै एमाले बिनाको समृद्ध नेपालको सपना पूरा नहुने उल्लेख गरे । “एमाले अझ विशाल हुनेछ, जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ”, उनले भने ।

कोसी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रियताका साथ परिचालित हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले युवाहरुलाई आफ्नो देश आफैँले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए ।

एमालेले आगामी लोकतन्त्र दिवसका दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवालाई त्यसदिन काठमाडौँ गएर राजतन्त्र पालेको र जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे । “एमालेको साथमा युवा छैनन् । एमालेमा युवा सिद्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवालाई भेला पार्न सक्दैनन्”, उनले भने, “युवाले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”

एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोसी प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत वक्ताले मुलुकको समसामयिक अवस्था तथा पार्टी गतिविधिबारे मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ५ : ११ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका