समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग « Khabarhub

समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा परिवारलाई भेट्न गएको प्रतिनिधिमण्डलले आज उक्त रकम रजकी श्रीमतीलाई हस्तान्तरण गरेको हो । यही चैत १५ गते त्यस क्षेत्रमा भएका आन्दोलनको समाचार सङ्कलनका क्रममा आगजनीमा परी उनको निधन भएको थियो ।

त्यसक्रममा अध्यक्ष श्रेष्ठले रजकको रहस्यमय मृत्युको अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै रजकलाई सहिद घोषणा गरिनुपर्ने बताए । “भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ । यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै मानवअधिकारमाथिको हमलाको निर्लज्ज उदाहरण हो । रहस्यमय हत्याको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नपर्छ”, उनले भने ।

पीडित परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्दै अध्यक्ष श्रेष्ठले राज्य र आन्दोलनकारी दुवैको निशानामा पत्रकार पर्दै आएकामा चिन्ता व्यक्त गरे

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ०५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ