फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित | Khabarhub Khabarhub

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते भीषण बाढीले बगाएको पुल पुनः निर्माणका लागि रु ३५ करोड बजेट सुनिश्चित भएको हो ।

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र छिमेकी जिल्ला उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुनः निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको त्यहाँबाट प्रतिनिधित्व गर्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

“फोक्सिङटार पुल जिल्लावासीको दैनिक जीवनसँग जोडिएको छ । त्यसैले हामी सबैको पहलमा बजेट सुनिश्चित भएको छ । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य छ”, उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेकामा बजेट सुनिश्चित भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए। विपद् व्यवस्थापन कोषमार्फत आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए । “पुल निर्माणका लागि मन्त्रालयका तर्फबाट स्रोत सुनिश्चित गरेका छौँ । डिजान तथा टेन्डर आव्हानको काम सडक विभागले गर्छ । विभागलाई पत्राचार गरिसकेका छौँ । यसै आर्थिक आवश्यक काम अगाडि बढ्छ”, सचिव शर्माले भने।

यो सडक पूर्वी तराईका विभिन्न सहर जाने र आउने छोटो दूरीको बाटो हो तर बाढीले फोक्सिङटारको पुल बगाएपछि वर्षायाममा दिक्तेल–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद हुने अवस्था आएको छ ।

दिक्तेल–गाईघाट सडक (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की बाढीले बगाएको थियो । त्यसपछि अस्थायी बेलिब्रिज जडान गरिएको छ । हिउँदभरि सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालन ल्याइएको हो ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । हस्तान्तरण नहुँदै बाढीले पुल बगाएका थियो । निर्माण सुरु गरेको १० वर्षपछि सम्पन्न गरिएको पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा निर्माण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बाढीले यहाँको पक्की पुल बगाएपछि जिल्लाको विकास निकै पछाडि धकेलिएको बताए । “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु यही पुल भएरै भित्र्याइन्थ्यो तर पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो । यो हाम्रा लागि दुःखको कुरा हो । अब चाँडै निर्माणका लागि राजनीतिक नेतृत्व र सबै सरोकार भएकाहरू गम्भीर बन्न आवश्यक छ”, उनले भने।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ८ : ४२ बजे

उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन्

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार

अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ

काबुल – अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित

नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

नवलपरासी । यहाँको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर