वीरगञ्ज झडपमा एसपीसहित १७ प्रहरी घाइते « Khabarhub

वीरगञ्ज झडपमा एसपीसहित १७ प्रहरी घाइते


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६ः०० देखि आइतबार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताए । “आज भएको तनावको विषयमा आधिकारिक विवरण आइसकेको छैन”, उनले भने, “केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ ।”

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ ।

जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।

यस्तै झडपमा परेर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् । उक्त झडपमा परेर १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सशस्त्र प्रहरीका ८ र प्रदर्शनकारी १२ जना घाइते भएका छन् । नेपाल प्रहरीले ७० र सशस्त्र प्रहरीले ७५ राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ३३ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न