पछिल्लो २४ घण्टाको विपद्ः तीनको मृत्यु, सोह्रजना घाइते « Khabarhub

पछिल्लो २४ घण्टाको विपद्ः तीनको मृत्यु, सोह्रजना घाइते


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीनजनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको २४ घण्टाको अवधिमा ५९ जिल्लामा एक सय नौ वटा विपद्जन्य घटना भएका छन् भने ती घटनामा परेर मावनीयसँगै ठूलो आर्थिक क्षति भएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले चट्याङ लागेर तीनजनाको मृत्यु भएको जनाउँदै १३ जना घाइते भएका बताए । उनले हावाहुरीका कारण एकजना र जनावरको आक्रमणबाट दुईजना घाइते भएका उल्लेख गरे ।

यस्तै २२ वटा पशुचौपाय पनि मरेका छन् । ती घटनाबाट रु दुई करोड ९० लाखको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार १२ जिल्लामा आगलागी, १३ जिल्लामा चट्याङ, १७ जिल्लामा हावाहुरीका घटना भएका छन् । आगलागीका १४ घटना भएका छन् भने चट्याङका १७ घटना भएका प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १० : ३६ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका