यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर « Khabarhub

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रुपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ र बिक्रीदर १०५ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार ररुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५५ पैसा र बिक्रीदर २० रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ३० पैसा र बिक्रीदर ४४६ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : ४८ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक