'गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन्' | Khabarhub Khabarhub

‘गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन्’


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताएका छन् । बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए । 

काभ्रे सेवा समाजद्वारा आयोजित बुद्धजयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म आयोजित वृहत शान्ति पदयात्राको आज उनी उद्‌घाटन गर्दै पूर्वराष्ट्रपति डा. यादवले परिवर्तित समयमा पनि गौतमबुद्धका सन्देश देश विदेशका हरेक नागरिकका लागि उपयोगी भएको बताए । 

‘गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ’, उनले भने। 

शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न तथा स्थानीय कला, संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए । 

गौतमबुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखिे सुन्थान–ईंटे–शङ्खु– शङ्खेश्वरी–जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो । समाजले यसअघि २०८० असोजमा पनि  सोही ‘रुट’मा पदयात्रा  आयोजना गरेको थियो । 

पदयात्रामा पाँच सयभन्दा बढी सहभागी रहेका आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : ४५ बजे

‘कबड्डी’ जोडी दयाहाङ र रिश्माको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन भदौ २७ मा

काठमाडौं – फिल्म ‘कबड्डी’को जोडी नायक दयाहाङ र नायिका रिश्मा

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न सहमति

जेनेभा– अमेरिका र चीनले सोमबार दुई पक्षीय व्यापार युद्धलाई कम

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

काठमाडौं– वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ ।

कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने 

सुर्खेत– कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ