बुद्धको सन्देश विश्वका लागि सान्दर्भिक : बाबुराम भट्टराई « Khabarhub

बुद्धको सन्देश विश्वका लागि सान्दर्भिक : बाबुराम भट्टराई


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुद्धले दिनुभएको सत्य, अहिंसा, करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपालजस्ता बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरेका छन् । 

गौतम बुद्धको जयन्तीको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष भट्टराईले भनेका छन्, ‘२०७८औँ बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धप्रति श्रद्धासहित नमन गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, सहिष्णुता र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
    
अहिलेको चुनौतीपूर्ण समयमा सामाजिक सद्भाव, सहिष्णुता, वैज्ञानिक सोच र विवेकशील नेतृत्वको आवश्यकता दिनानुदिन बढिरहेको सन्दर्भमा उल्लेख गर्दै बुद्धका शिक्षाहरू हाम्रा मार्गदर्शक बन्न सकून् भन्ने कामनासमेत गरेका छन् । 

बुद्धजयन्तीले  सबैमा मानवता, समानता र न्यायप्रतिको प्रतिबद्धता थप सुदृढ हुने उनको विश्वास छ । 
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  २ : ०४ बजे

नगद कारोबारको सीमा बढाउन चन्द्र ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा