बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुद्ध दर्शनलाई अवलम्बन गर्न सके मुलुक चाँडै शान्ति, स्थायित्व र समृद्धिको पथमा लम्कन सक्ने बताएका छन् ।

भगवान् गौतमबुद्धको २५६९औँ जन्मजयन्ती तथा किरात समुदायको उँभौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति, भाषाभाषीबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन गौतमबुद्धका उपदेशले मार्गदर्शन प्रदान गर्ने बताएका हुन्।

‘बुद्धले दिनुभएको करुणा, अहिंसा, समता र शान्तिको मार्ग आजको सन्दर्भमा उत्तिकै सान्दर्भिक भएको छ, उहाँका शिक्षाले हामीलाई आत्मपरीक्षण, अनुशासन र मानव सेवाको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ’, मुख्यमन्त्री पाण्डेद्वारा जारी  शुभकामना सन्देशमा उल्लेख छ । 

बुद्धजयन्ती एवं उँभौली पर्वले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  २ : १८ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि