अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर « Khabarhub

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । जेनेभामा दुई दिने वार्तापछि दुई देशबीच यो सम्झौता भएको हो । यो चीनसँग चलिरहेको व्यापार युद्धको बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ठूलो जीत मानिएको छ ।

ह्वाइट हाउसले मे ११ मा एक विज्ञप्तिमा चीन व्यापार सम्झौताको घोषणा गर्‍यो। यद्यपि ह्वाइट हाउसले यसको विवरण दिएको छैन। चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी गर्ने बताए।

यसै क्रममा उप वाणिज्य मन्त्री ली चेङगाङले यो विश्वका लागि खुसीको खबर हुने बताए । अमेरिकी अधिकारीहरूले यसलाई व्यापार घाटा कम गर्ने सम्झौताको रूपमा वर्णन गरेका छन जबकि चिनियाँ अधिकारीहरूले भने कि दुई पक्ष महत्त्वपूर्ण सहमतिमा पुगेका छन् र नयाँ आर्थिक वार्ता सुरु गर्न सहमत भएका छन्।

गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएका थिए, जसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतसम्म कर लगाएको थियो । जसका कारण विश्वका दुई ठूला अर्थतन्त्र बीचको वार्षिक ६०० अर्ब डलरको व्यापार लगभग ठप्प हुनेवाला थियो ।
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  २ : ५३ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य