‘कबड्डी’ जोडी दयाहाङ र रिश्माको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन भदौ २७ मा « Khabarhub

‘कबड्डी’ जोडी दयाहाङ र रिश्माको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन भदौ २७ मा


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’को जोडी नायक दयाहाङ र नायिका रिश्मा गुरुङलाई दर्शकले ठूलो पर्दामा फेरि देख्न पाउने भएका छन् । यी दुई मुख्य भूमिकामा रहेको फिल्म ‘रिमै’ भदौ २७ बाट प्रदर्शनमा आउने भएको छ ।

खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस फिल्मको तीन पोस्टर सोमबार सार्वजनिक गरि प्रदर्शन मितिबारे जानकारी दिइएको हो ।

सार्वजनिक एक पोस्टरमा दयाहाङ र रिश्मालाई प्रस्तुत गरिएको छ । पोस्टरले फिल्ममा उनीहरु दुई प्रेम सम्बन्धमा रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा दयाहाङ र रिश्मासहित नायिका गौमाया गुरुङलाई पनि राखिएको छ । अर्को पोस्टरमा फिल्ममा सबै मुख्य पात्रलाई स्थान दिइएको छ । यस पोस्टरको केन्द्र भागमा दयाहाङ छन् ।

अमेरिका बस्दै आएकी रिश्माले लामो समयपछि फिल्म गरेकी हुन् । वि.सं २०७७मा उनी फिल्म ‘क्रसरोड’को छायाङ्कनमा सहभागी भएकी थिइन् । त्यो फिल्म अझैँ प्रदर्शनमा आएको छैन ।

‘रिमै’को लेखक उपेन्द्र सुब्बा हुन् । यसको निर्माताहरु टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : १८ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि