मुलुकी अपराध संहिताको मस्यौदामा छलफल आवश्यक : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे « Khabarhub

मुलुकी अपराध संहिताको मस्यौदामा छलफल आवश्यक : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर – राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकी अपराधसंहिताको मस्यौदा माथि व्यापक छलफलको आवश्यकता औँल्याएकी छन् । 

महिला, कानुन र विकास मञ्चले आज यहाँको गोदावरीमा आयोजना गरेको ‘नीति तथा कानुनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा उनले मुलुकी अपराध संहितामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषय परिस्कृत बनाउन व्यापक छलफलको आवश्यकता औँल्याएकी हुन् । 

‘नेपालको संविधानले नै सबै नागरिकलाई समानताको हक सुनिश्चित गरेको छ । तर व्यवहारमा लैङ्गिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदाय अझै विभेद, असमानता र पहुँच अभावको समस्याबाट गुज्रिरहेका छन्’, उनले भनिन्, ‘राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा समान पहुँच दिलाउने नीति तथा कानुनी ढाँचा सुदृढ बनाउन यसमाथि अझै व्यापक छलफल अत्यावश्यक छ ।’ 

उपाध्यक्ष घिमिरे सामाजिक समावेशीकरण केवल विकासको माध्यम मात्रै नभई न्याय, समानता र मानव अधिकारको आधार भएको चर्चा गर्दै सबैको साझा प्रयासबाट समावेशी, न्यायपूर्ण र समतामूलक समाजको निर्माण सम्भव भएको बताइन् । 

उनले उपयुक्त नीति निर्माण र कानुनी संशोधनमा राष्ट्रिय सभाको योगदान आवश्यक रहेको उल्लेख गरिन्। कार्यक्रममा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने महिला सदस्यको सहभागिता थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : २३ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो