इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला   « Khabarhub

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला  


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन् । इ–रिक्सा चलाएर उनले मासिक ३५ हजार बढी आम्दानी गर्छिन्।

घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ–रिक्सा खरिद गरी चलाउन थालेकी हुन् । समूहबाट लिएको ऋण महराले पाँच महिनामै चुक्ता गरेकी छन् ।  इ-रिक्सा चलाएर हुने आम्दानीले एक छोरा, एक छोरीको विद्यालयको मासिक शुःल्क, घर खर्च सबै धान्दै आएकी छन् ।

कक्षा १२ सम्म पढेकी महराले घरको आर्थिक अवस्था कमजोर हुँदा नीजि विद्यालयमा शिक्षिकाको काम पनि गरिन्। 

‘त्यसबाट घर खर्च चलाउन धौँधौँ हुन थालेपछि केही महिना लघुवित्तमा र केही महिना बिमा अभिकर्ता बनेर काम गरेँ’, उनले भनिन्, ‘दुवै क्षेत्रबाट पाइने तलबले चित्त बुझेन ।’

झलारीलगायतका बजार क्षेत्रमा पुरुषले मात्रै अटो र इ–रिक्सा चलाउँथे ।

 ‘पुरुषजस्तै मैले पनि इ–रिक्सा चलाउने निधो गरेँ ।  समूहमा पैसा बचत गर्दथेँ, त्यहाँबाट ऋण लिएर रिक्सा चलाउन सिकेँ’, उनले भनिन्, ‘ई–रिक्सा खरिद गररे चलाउन थालेपछि महिलाले पनि रिक्सा चलाउने भनेर कुरा काटथे, चढ्न हिचकिचाउँथे, केहीले भने हौसला दिन्थे ।’

दुई तीन महिना थोरै यात्रु चढे । त्यतिबेला निकै तनाव भयो उनलाई । यात्रुलाई सुरक्षित रूपमा तोकिएको रकम र गन्तव्यमा पुर्‍याउन थालेपछी यात्रुको सङ्ख्या बिस्तारै बढ्न थालेको उनले बताइन्। अहिले महिला पुरुष सबै जना चढ्ने गरेको उनी बताउँछिन्  ।

यात्रु कम भएका बेला दिनमा रु एक हजार जति र बढी भएका बेला रु दुई हजार ५०० सम्म कमाइ हुने गरेको उनले बताइन्। उनका श्रीमानले पनि ऋण निकालेर अटो रिक्सा खरिद गरी चलाउन थाल्नुभएको छ । दुवै जनाले कमाई गर्न थालेपछी परिवारको खर्च धान्न सहज भएको छ ।
 
धनमतीजस्तै शुक्लाफाँटा नगरपालिका–११ दीपनगरकी २८ वर्षीय अनिता कुवँरले पनि दुई वर्ष देखि ई–रिक्सा चलाउँदै आएकी छन् । कक्षा १२ सम्म अध्ययन गरेकी कुवँरको आर्थिक अवस्था कमजोर थियो । साँझ बिहानको छाक टार्न धौ धौ हुने गरेको थियो । श्रीमानले ढुवानीका साधन चलाउँथे । त्यसबाट घर खर्च चलाउन सक्ने अवस्था थिएन । 

‘घर परिवारकै सहमतिमा सहकारीबाट ऋण निकाल्ने निधो गरेँ’, उनले भनिन्, ‘दुई लाख ऋण लिएर, त्यसैबाट ई–रिक्सा खरिद गरेँ, केही दिन सिक्नमै लाग्यो, सिकेपछि चलाउन थालेँ ।’ इ–रिक्सा चलाउन थालेपछी सामान्य खर्चको अभाव नभएको उनी बताउँछिन् । 

‘ई–रिक्सा चलाउन थालेपछी पैसाका लागि श्रीमानको भर पर्नु परेको छैन’, उनले भनिन्, ‘कमाई गरेर आएको रकम श्रीमान्लाई उल्टै खर्च दिने गरेको छु ।’

सहकारीमा दैनिक रकम बचत गर्न थालेकाले त्यस रकमबाट घर निर्माण गर्ने उनको योजना छ । उनले मासिक ३० हजारदेखि रु ३५ हजार कमाई गर्दै आएकी छन् । यी दुवै महिलालाई देखेर झलारी बजारमा अन्य महिला पनि ई–रिक्सा खरिद गरी चलाउन थालेका छन् । 

पछिल्लो एक वर्षमा ई–रिक्सा प्रति महिलाको आकर्षण बढेको झलारी बजारका व्यवसायी ललितबहादुर हमालले बताइन् । झलारी बजारमा मात्रै छ जना बढी महिला ई–रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् । 
 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ४२ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति