म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु « Khabarhub

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद गुज्रिएको गोलीगठ्ठा नष्ट गर्ने क्रममा भएको एक दुर्भाग्यपूर्ण विस्फोटमा कम्तीमा १३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा चार जना सैनिक र नौ जना स्थानीय बासिन्दा रहेका छन् ।

इन्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने, ‘दुईवटा खाल्डाहरूमा विस्फोट सफलतापूर्वक गराइएको थियो, तर तेस्रो खाल्डामा विस्फोटकको तयारी भइरहेको बेला एक्कासि आकस्मिक विस्फोट भएको थियो, जसले गर्दा यो दुःखद घटना घट्न पुग्यो ।’

उनका अनुसार, विस्फोट हुनु अघि प्रयोगमा ल्याइएका सबै उपकरणहरूको सुरक्षा जाँच गरिएको थियो र सो स्थल लामो समयदेखि विस्फोटक पदार्थ नष्ट गर्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो ।

दुर्घटनामा परेका सबै व्यक्तिहरूलाई पामेउङपेउक जनरल अस्पतालमा पुर्‍याइएको छ । उक्त घटनाको कारणबारे विस्तृत अनुसन्धान अगाडि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ५५ बजे

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा