पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन « Khabarhub

पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य नहुने चेतावनी दिएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आफ्नो मुलुकले कुनै किसिमको आणविक ब्लाकमेल नसहने चेतावनी दिएका हुन् ।

उनले ‘पानी र रगत एकसाथ नबग्ने’ दोहो¥याउँदै आणविक हतियारको आवरणमा आतंकवादलाई स्वीकार गर्न नसकिने समेत उल्लेख गरे । प्रधानमन्त्री मोदीले पाकिस्तानसँग पाकिस्तान–अधिनस्थ कश्मीर र आतंकवादका विषयमा मात्रै कुरा हुने उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले जसरी आतंककारीले आफ्ना दिदीबहिनीको सिन्दुर उजाडेका थिए, त्यसैगरी भारतले पनि आतंकका मुख्यालयहरू ध्वस्त पारेको टिप्पणी गरे । भारतले गरेका आक्रमणमा १०० भन्दा बढी खतरनाक आतंककारी मारिएको पनि मोदीले दाबी गरे ।

भारत र पाकिस्तानबीच युद्धविराम भएको दुई दिनपछि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । यसअघि बुधबारमात्रै भारतले पाकिस्तानमा अपरेशन सिन्दुरका नाममा सैन्य कारवाही गरेको थियो ।

भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ५७ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम