उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ « Khabarhub

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट समाजलाई रुपान्तरण गर्न सकिने बताएका छन् ।

रसुवाको कालिका–२ मा अवस्थित कालिका हिमालय माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै देशको विकास, रोजगारीको सृजना र आर्थिक समृद्धिका लागि शिक्षा मेरुदण्ड भएको बताए ।

“पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले प्राथमिकता दिँदै आइरहेको छ”, उनले भने, “आधुनिकता र प्रविधिको उपयोगलाई शिक्षामार्फत पूर्वाधार निर्माणमा जोड्न सक्नुपर्छ ।”

दुई ठूला दल मिलेर सरकार सञ्चालनपश्चात देश स्थिरतासहित समृद्धितर्फ अघि बढेको मन्त्री सिंहको दाबी छ । “विगतमा सरकार धेरै समय टिकेनन् । व्यवस्थाप्रति नै जनतामा नैराश्यता देखियो । जनताको अवस्था सुधार गर्न र व्यवस्था टिकाउन दुई ठूला दल मिलेर सरकार सञ्चालनमा जोडिएका छौँ । यसले निरन्तरता पाइरहन्छ”, उनले भने ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहन आचार्यले शैक्षिक क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा जोड दिए । हाल कृषि, प्रविधि (आइटी), इञ्जिनियर, मेडिकल क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएकाले अध्ययनको व्यवस्था मिलाउन उहाँले सरकार र समुदायको ध्यानाकर्षण गराए ।

स्वर्ण जयन्ती मूल समारोह समितिका अध्यक्ष एंव कालिका गाँउपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकारले नीति तथा कार्यक्रम र आवश्यकतानुसार बजेट उपलब्ध गराउँदै आएकाले स्थानीय सरकारको स्थापनापश्चात शिक्षामा सुधार भइरहेको जानकारी दिए ।

विसं २०३२ मा स्थापना भएको कालिका हिमालय माविमा चालु शैक्षिक सत्रमा ७०० बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रअ राधा पाण्डेले जानकारी दिए । कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्म विद्यालयको उन्नयनमा योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : १६ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति