उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ « Khabarhub

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट समाजलाई रुपान्तरण गर्न सकिने बताएका छन् ।

रसुवाको कालिका–२ मा अवस्थित कालिका हिमालय माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै देशको विकास, रोजगारीको सृजना र आर्थिक समृद्धिका लागि शिक्षा मेरुदण्ड भएको बताए ।

“पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले प्राथमिकता दिँदै आइरहेको छ”, उनले भने, “आधुनिकता र प्रविधिको उपयोगलाई शिक्षामार्फत पूर्वाधार निर्माणमा जोड्न सक्नुपर्छ ।”

दुई ठूला दल मिलेर सरकार सञ्चालनपश्चात देश स्थिरतासहित समृद्धितर्फ अघि बढेको मन्त्री सिंहको दाबी छ । “विगतमा सरकार धेरै समय टिकेनन् । व्यवस्थाप्रति नै जनतामा नैराश्यता देखियो । जनताको अवस्था सुधार गर्न र व्यवस्था टिकाउन दुई ठूला दल मिलेर सरकार सञ्चालनमा जोडिएका छौँ । यसले निरन्तरता पाइरहन्छ”, उनले भने ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहन आचार्यले शैक्षिक क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षामा जोड दिए । हाल कृषि, प्रविधि (आइटी), इञ्जिनियर, मेडिकल क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएकाले अध्ययनको व्यवस्था मिलाउन उहाँले सरकार र समुदायको ध्यानाकर्षण गराए ।

स्वर्ण जयन्ती मूल समारोह समितिका अध्यक्ष एंव कालिका गाँउपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकारले नीति तथा कार्यक्रम र आवश्यकतानुसार बजेट उपलब्ध गराउँदै आएकाले स्थानीय सरकारको स्थापनापश्चात शिक्षामा सुधार भइरहेको जानकारी दिए ।

विसं २०३२ मा स्थापना भएको कालिका हिमालय माविमा चालु शैक्षिक सत्रमा ७०० बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रअ राधा पाण्डेले जानकारी दिए । कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्म विद्यालयको उन्नयनमा योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : १६ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो