धनगढी– शान्ता चौधरी पेशाले राजनीतिकर्मी हुन् । १० वर्षे कमलहरि जीवनबाट पाएको मुक्ति उनको जीवनको नयाँ अध्याय हो । संविधान सभाको सदस्यदेखि सदनमा प्रमुख सचेतक सम्मको जिम्मेवारीले उनी सदा चर्चामा आइरहिन्। उनी जति राजनीतिक भूमिका र जिम्मेवारीले चर्चामा छिन्, त्यो भन्दा बढी सङ्घर्षको जीवन र व्यक्तिगत कामले चर्चित छिन्।
सुरुमा कमलहरी जीवन कथाले शान्तालाई चर्चामा ल्यायो । त्यसपछि प्राप्त राजनीतिक जिम्मेवारी र सामाजिक जीवनको भूमिकाले सबैलाई चिनायो । अहिले शान्ताको अचारको चर्चा छ । आफ्नै नामको अचार ब्राण्ड बनाएकी छन्, शान्ताले । राजनीतिक जीवन जत्तिकै व्यस्तता अचार उद्योगमा पनि देखिन्छ ।
उनले उद्योगलाई उत्पादन, बिक्री र नाफासँग मात्रै जोडेकी छैनन् । उनी सीप हस्तान्तरण गर्ने र सिकाइ आदान प्रदान गर्ने स्कुलका रुपमा अचार उद्योगलाई विकास गर्न चाहन्छिन्। उनी राजनीतिक कामसँगै महिला उद्यमी बढाउने उद्देश्य राखेर हिँडिरहेकी छन् ।
उनले उद्योगलाई उत्पादन, बिक्री र नाफासँग मात्रै जोडेकी छैनन् । उनी सीप हस्तान्तरण गर्ने र सिकाइ आदान प्रदान गर्ने स्कुलका रुपमा अचार उद्योगलाई विकास गर्न चाहन्छिन्।
त्यही सिलसिलामा शान्ता यतिबेला बाजुरामा छिन् । उनको पार्टीको काम र भेटघाट केही छैन् । राजनीतिक भूगोल दाङ हो । उनी नेकपा (एमाले)की पोलिटब्युरो सदस्य हुन् । तर बाजुरा बसाइ उत्पादनको राजनीति केन्द्रित छ । शान्ता उद्यम विकास र महिला उद्यमी बढाउन बाजुरा आएकी हुन् । त्यो पनि १० दिनका लागि तालिम प्रशिक्षक बनेर।
तालिम बडीमालिका नगरपालिकाले आयोजना गरेको हो । जहाँ ६० जना महिला उद्यमी सहभागी छन् । तालिममा ४० जना बडीमालिकाका र बाँकी २० जना खप्तड छेडेदह गाउँपालिका, गौमुल र बुढीनन्दा नगरपालिकाका छन् । तालिमका लागि पालिकाले १० लाख बराबरको लगानी खर्च हुने उद्यम विकास शाखा प्रमुख रञ्जिता शाहीले बताइन् ।
तालिममा अचार तथा गुन्द्रुक, मसेउरा बनाउन सिकाइने प्रमुख प्रशिक्षक चौधरीले बनाइन् । उनी बिहानदेखि साँझसम्म दिनभर तालिम दिइरहेकी छन् ।
‘कच्चा पदार्थ खोज्ने, काट्ने, मसला मिलाउने र आधारभूत ज्ञान दिने त्यसैमा दिन जान्छ’, उनी भन्छिन्, ‘फोन समेत उठाउन पाइदैन्, महिला दिदीबहिनीसँगै हुन्छु । सबैजना योग्य बनाएर फर्किने चाहना अनुसार नै खटनपटन बेसी गर्नु परेको हो ।’
राजनीतिक सिलसिलामा बाजुरामा पुग्दा अचारका लागि कच्चा वस्तु देखेको र अहिले तालिममा आएको उनको भनाइ छ । ‘राजनीतिक कामको सिलसिलामा बाजुरा आउँदा अचारको कच्चा वस्तु धेरै उत्पादन भएको देखेँ, लगत्तै नगर प्रमुख अमर खड्का जीसँग सहकार्य गर्न प्रस्ताव गरेको दुई महिनामै तालिम सञ्चालन गरियो’, शान्ताले भनिन्।
बाजुरामा मुला, चोतो, टिमुर, पिँडालु, खुर्सानी, लसुन, अदुवा, तामा, निगाला लगायत दर्जन बढी प्रकारको अचार उत्पादनको सम्भावना देखिन्छ ।
बाजुरामा मुला, चोतो, टिमुर, पिँडालु, खुर्सानी, लसुन, अदुवा, तामा, निगाला लगायत दर्जन बढी प्रकारको अचार उत्पादनको सम्भावना देखिन्छ ।
‘बजारमा बस्ने अधिकांश महिला खाली नै देखिनुहुन्छ । रोजगार नभएकाहरूलाई लक्षित गरेर उद्यमी महिला बढाउने र उनीहरूलाई आयआर्जनमा सहभागि गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो’, नगर उपप्रमुख नन्दा कुमारी थापाले भनिन् । कम श्रम, थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने पेशामा महिलाले गर्न सके राम्रो हुने विश्वास थापाको छ ।
अचार ब्राण्डले नै विश्व बजारमा चर्चा पाएको शान्ताको अचार उद्योगसँग बाजुरालाई जोड्न तालिम आयोजना गरिएको नगर प्रमुख अमर खड्काले बताए ।
‘कच्चा पदार्थ धेरै छ । त्यसैलाई प्रशोधनसहित बाजुरामै पनि उत्पादनसहित प्याक गरेर पठाउन सकियो, नभए शान्ताको अचार उद्योगसँग सहकार्य गरेर कच्चा बिक्री गर्न बजार बनाउन शान्ता चौधरीलाई नै ल्याएर तालिम सञ्चालन गरिएको हो, राम्रो हुने विश्वास लिएका छौं,’ नगर प्रमुख खड्काले भने ।
कमलहरी बसेका मान्छे राज्यको नीति बनाउने ठाउँ पुग्न सक्छन् । राम्रो उत्पादनले विश्व बजारमा आफू बिक्न सक्छन्, भन्ने सिकाइका लागि पनि शान्ताको उपस्थिति अनुकरणीय हुने विश्वास खड्काको छ । ‘कच्चा पदार्थ उत्पादन किसान गर्छन्, बजार र बिक्री ग्यारेन्टीको ग्यारेन्टी पालिकाले नै गरेर खाली बस्ने महिलालाई उद्यमी बनाउने पालिकाको उद्देश्य पुरा हुन्छ,’ उनले भने ।
शान्ताको अचार उद्योगसँग जोडिन सके बाजुराको उत्पादनको बजारिकरणमा सहज हुने विश्वास बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझीको छ । जिरोबाट हिरो भएको नाम हो, शान्ता चौधरी । उनका कर्म र काम, साधना र संघर्ष अरुका लागि सिक्न लायक छन् । त्यो यहाँका महिलाले पनि सिकून् भन्ने चाहनाले तालिम आयोजना गरेको उनले बताए ।
तालिममा सहभागीसमेत उत्साहित छन् । टेलिभिजनमा देखेको मान्छेलाई भेट्दा र सिप सिक्दा मख्ख देखिएका उनीहरूले सांसद, माननीय पनि काम गर्ने रहेछन् । सबै सीप जानेका हुने रैछन् । भन्ने प्रेरणा पाएकोमा खुसी देखिन्छन् । बडीमालिका पनि तालिमलाई बहुउपयोगी बनाउने योजनामा छ ।
कम्तीमा पाँच प्रकारको अचार र मसेउरा सहितको गुन्द्रुक बाजुरामै उत्पादन गर्ने लक्ष्यमा पालिकाको छ ।
कम्तीमा पाँच प्रकारको अचार र मसेउरा सहितको गुन्द्रुक बाजुरामै उत्पादन गर्ने लक्ष्यमा पालिकाको छ । दिनभर टिकटक र मोबाइलमा बस्नेहरुका लागि सुनौलो अवसर पनि हो, यसलाई उत्पादनसँग जोड्नु पर्ने सुझाव शान्ताको अचार उद्योगको छ । तालिम दिन शान्तासहित थप तीन जना प्राविधिक पनि साथमा छन् । २ सिफ्टमा तालिम सञ्चालन भइरहेको छ ।
उत्पादन मात्रै गर्न सके प्रचार र बजारीकरण सामाजिक सञ्जालबाटै हुने विश्वास प्रशिक्षकको छ । शान्ताले पनि सुरुमा घरमा बनाएको आचारको फोटो भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन् । त्यहीबाट एकपछि अर्को माग आयो । उनले त्यही मागलाई सम्बोधन गर्न अचार उद्योग खोलिन् । उद्योगको नाम हो, ‘शान्ताको अचार’
‘उद्योग खोलेको पनि दुई वर्ष मात्रै भयो । ३५ जना कामदार छन् । करोड बढीको लगानी छ । अझै नाम र दामले उद्योगको क्षेत्र विस्तारको योजना शान्तासँग छ । उनको उद्योगको अचार अमेरिका, अस्ट्रेलिया, युरोपदेखि चीनसम्म पनि पुगेको छ । ‘सबैभन्दा बढी अमेरिकामा जान्छ’, उनी भन्छिन्, ‘विश्वका सबै बजारमा हाम्रो ब्राण्ड पुर्याउने लक्ष्य छ । हामी त्यही अभियानमा छौं ।’
तालिममा सहभागी ६० जना मध्ये १० जना जतिले मात्रै व्यवसायीक उद्यम सुरु गरे ठूलो सफलता हुने शान्ता बताउँछिन् । उनले हालसम्म हजारको संख्यालाई तालिम दिइसकेकी छन् । सबैभन्दा बढी दाङ, बाँके बर्दियाका महिलालाई दिएकी हुन् ।
ती मध्ये पनि ५० बढीले व्यवसायीक अचार उद्योग नै खोलिसकेको र केही त्यो काममा निरन्तर लागि परेको उनको भनाइ छ । पालिकाको प्रयास र शान्ता चौधरीको सिकाइले महिलामा केही गर्ने जोस आउने विश्वास गरिएको छ ।
सानै लगानीमा उद्यम क्षेत्रका लागि ठुलो जनशक्ति उत्पादन गर्न सकिने उदाहरण यो तालिम बन्ने देखिन्छ ।
सानै लगानीमा उद्यम क्षेत्रका लागि ठुलो जनशक्ति उत्पादन गर्न सकिने उदाहरण यो तालिम बन्ने देखिन्छ । तालिम बडिमालिका नगरपालिकाको सभा हल मार्तडीमा सञ्चालन भइरहेको छ ।
शान्ता सीप सिकाउन र अनुभव बाँड्न आएकी हुन् । उनले आफू एमाले नेतृ र पूर्वसांसद भएको झल्को दिएकी छैनन्। ‘उहाँ नेता हो, यस्तो काम गर्नु होला र भन्ने हामीलाई लागेको थियो । तर सबै सीप आउने रहेछ’, सहभागीले शान्ताबारे यसरी प्रतिक्रिया दिइरहेका छन् ।
प्रतिक्रिया