दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी « Khabarhub

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल प्रहरीले अर्का पत्रकार नारायण अर्यालमाथि पनि निगरानी बढाएको छ ।

बिहीबार बिहानदेखि कुपन्डोलस्थित उनी बस्दै आएको घरमा सादा पोशाकका प्रहरी खटाइएको उनले बताएका छन् ।

सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका छन् । उनले अहिले कुनै स्थानमा बसिरहेको खबरहबलाई जानकारी दिएका छन् ।

पत्रकार अर्यालले अर्का पत्रकार पाठकसँग जोडेर आफूलाई प्रहरीले खोजिरहेको प्रतिक्रिया दिएका छन् । उनले आफू पत्रकार पाठकसँग ‘अफिसियल्ली इन्भल्भ’ नरहेको पनि बताएका छन् ।

प्रहरीले यस अघिदेखि नै पत्रकार पाठकको खोजी गरिरहेको छ । साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा पाठकविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

त्यही पुर्जी लिएर बुधबार उनलाई पक्राउ गर्न साइबर ब्यूरोको टोली धुम्बाराहीस्थित निवासमा पुगेको थियो । पाठकले तीन साताअघि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको युट्युब भिडियो बनाएका थिए । त्यही भिडियोलाई लिएर पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १२ : २५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल