पाँच महिनामा थपिए ५२ एचआइभी सङ्क्रमित | Khabarhub Khabarhub

पाँच महिनामा थपिए ५२ एचआइभी सङ्क्रमित


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन । 

भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन। 

अस्पतालमा आएर परीक्षण गरेका र समुदायस्तरमा परीक्षण गरिएका २३ जना हुन । अहिले यस केन्द्रमा नियमित औषधि खानेको सङ्ख्या एक हजार एक सय ८८ जना रहेको छ । 

उनले भने, ‘यहाँ औषधि सेवन गर्नेमध्ये जिल्लाको माडीको बघाैँडा अस्पताल र मध्यबिन्दु अस्पताल डण्डामा केही स्थानान्तरण भएर गएका छन् ।’

ती दुई केन्द्रमा ५५ जना बिरामी स्थानान्तरण भई औषधि लिँदै आएका छन् । ती केन्द्रमा सेवा लिनका लागि कठिन भयो भनेर पुनः भरतपुर अस्पतालको यस सेन्टरमा आउने पाँच जना रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। उनका अनुसार अहिले यहाँबाट नियमित औषधि सेवन गर्ने बिरामी मध्ये ५८२ जना पुरुष, ५५८ जना महिला रहेका छन् । 

यस्तै ३० जना बालबालिका र १८ जना तेस्रो लिङ्गी रहेको उनले जानकारी दिए । नियमित औषधि सेवन गर्ने बिरामीलाई अस्पतालले अन्य सेवा समेत दिने गरेको छ । उनका अनुसार अस्पतालमा आएका सङ्क्रमित बिरामीका कुरुवालाई खाना खाजाको व्यवस्था, उपचारमा सहयोग, आवश्यकता अनुसार एम्बुलेन्समा सहयोग, असहायको लागि खाध्यान्न सहयोग गर्दै आएको छ । यस फाउण्डेसनसंँगै अन्य फाउण्डेसनमा पछिल्ला समय भाइरल लोडमा समस्या आएको उनले बताए । 

भाइरल लोडका लागि आवश्यक किटको अभावले समस्या देखिएको फिजिसियन डा सापकोटाले बताए। 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १२ : ४९ बजे

इंग्ल्यान्डविरुद्ध भारतको नाटकीय जित: रोनाल्डोबाट प्रेरित थिए खेलका नायक सिराज

काठमाडौं- खेलको अन्तिममा भारतले नाटकीय जित हात पारेपछि इंग्ल्यान्डसँगको शृङ्खला

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन

आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २० गते मंगलबार। साउन

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको