अज्ञात समूहबाट तिला गाउँपालिकाको गाडी तोडफोड  « Khabarhub

अज्ञात समूहबाट तिला गाउँपालिकाको गाडी तोडफोड 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जुम्लाको तिला गाउँपालिकाको सरकारी गाडीमा तोडफोड भएको छ । बुधबार गाउँपालिका–४ मा राखिएको अवस्थामा अज्ञात समूहबाट गाडी तोडफोड भएको हो ।

गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी तोडफोड भएको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।

‘अध्यक्ष रोकाया, उपाध्यक्ष गोरीकला बूढा, वडाध्यक्ष र कार्यपालिका सदस्य चढेर वडा नं ४ मा बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा सहभागी भएका थिए,’ उनले भने, ‘कार्यक्रम सकेर फर्किदा गाडीको पछाडि भागको सिसा तोडफोड भएको रहेछ ।’

गाउँपालिकाले स्कारपियो गाडी भर्खर खरिद गरेर एक दिन अगाडि मात्र गाउँपालिकामा पुर्याएको र वडापालिकाको हातामा नै गाडी तोडफोड भएको सूचना अधिकारी हमालले बताए ।

 ‘गाडी तोडफोड गर्नेलाई प्रहरीले खोजीरहेको छ,’ उनले भने, ‘किन तोडफोड गरियो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।’

जिल्ला प्रहरी कार्यालय जुम्लाले सरकारी सवारी साधन तोडफोड गर्नेको खोजी कार्य जारी रहेको जनाएको छ ।

केही दिनअघि मात्रै विकास निर्माण योजनाको अनुगमनका क्रममा तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित शाहीमाथि सोही वडामा चक्कु प्रहार भएको थियो । सोही बेला तिला–४ का वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि ढुंगा प्रहार भएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १२ : ५८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र