प्रथम कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने | Khabarhub Khabarhub

प्रथम कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान बास्केटबल संघको आयोजनामा असार ५ गतेदेखी धरानको डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रथम कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ । 

कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको उपाधि विजेताले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख प्राप्त गर्ने छ । व्यक्तिगत विद्या तर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने संयोजक विकास चाम्लिङ राईले जानकारी दिए ।

आफ्नो जिल्लाको प्रतिनिधित्व गरेर आउने टिमलाई मात्र प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।

कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुर गरी ८ जिल्लाका टिमहरू सहभागीताका लागि सम्पर्क गरिसकेको  आयोजक सदस्य सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ०० बजे

घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी