प्रथम कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने « Khabarhub

प्रथम कोशी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान बास्केटबल संघको आयोजनामा असार ५ गतेदेखी धरानको डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रथम कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ । 

कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको उपाधि विजेताले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख प्राप्त गर्ने छ । व्यक्तिगत विद्या तर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने संयोजक विकास चाम्लिङ राईले जानकारी दिए ।

आफ्नो जिल्लाको प्रतिनिधित्व गरेर आउने टिमलाई मात्र प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।

कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुर गरी ८ जिल्लाका टिमहरू सहभागीताका लागि सम्पर्क गरिसकेको  आयोजक सदस्य सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ०० बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।