सूर्यविनायक-साँगा सडक सीमाभित्र बनेका संरचना भत्काइँदै (तस्बिरहरू) | Khabarhub Khabarhub

सूर्यविनायक-साँगा सडक सीमाभित्र बनेका संरचना भत्काइँदै (तस्बिरहरू)


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक साँगा-सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । 

६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत भक्तपुर खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो । 

सूर्यविनायक–धुलिखेल सडक आयोजनाले सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर सडकखण्डमा ७५ फिटभित्र निर्माण भएका संरचना भत्काउने निर्देशन दिएसँगै घरधनी आफैले सो संरचना हटाउन थालेको हो ।

 विस्तारित सडक अन्तर्गत ७५ फिट क्षेत्रभित्र निर्माण भएका घरटहरा हटाइएको आयोजनाले बताएको छ । 

आयोजनाले पहिलो चरणमा काभ्रेपलाञ्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाएको र दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाइएको हो ।

विस्तारित अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म ८६ वटा घरटहरा भत्काउनुपर्ने अवस्थामा रहेको आयोजनाले जनाएको छ । 

राजमार्गको सीमाभित्र निर्माण संरचना हटाउने विषयमा मुआब्जालगायतको विषयमा लामो समयसम्म विवाद भएका कारण साढे दुई वर्षसम्म राजमार्गको सीमाभित्र निर्माण भएका संरचना हटाउन समस्या भएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  २ : ०७ बजे

आज तलेजु मन्दिर पूजाआजा गर्न सबैका लागि खुला हुने

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन

फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प : १९ जनाको मृत्यु

काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ

महानवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौं – आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन