भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन एकमत भएका छन् । 

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहीबार बसेको बैठकमा भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन प्रतिपक्षी दलहरू एकमत भएका हुन् । 

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसामार्फत् मानव तस्करीको संगठित अपराध अन्यका लागि छानबिन समिति बनाउने निष्कर्ष निकालेको जानकारी दिए । 

‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिसामार्फत् मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ उनले भने । 

यसअघि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो । 

सिंहदरबारमा भएको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भनेका थिए, ‘कुनै न कुनै उपाय निकाल्नु पर्छ भने कुरा नै हो । बीचको उपाय कोसिस गर्ने भन्ने छ ।’

अध्यक्ष प्रचण्डले पनि अध्यक्ष नेपालसँग संसद्मा देखिएको अवरोधबारे छलफल भएको प्रतिक्रिया दिएका थिए । ‘सदनको बारेमा छलफल भयो,’ उनले भनेका थिए, ‘अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दैछौँ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : १८ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच