भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत « Khabarhub

भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन एकमत भएका छन् । 

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहीबार बसेको बैठकमा भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन प्रतिपक्षी दलहरू एकमत भएका हुन् । 

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसामार्फत् मानव तस्करीको संगठित अपराध अन्यका लागि छानबिन समिति बनाउने निष्कर्ष निकालेको जानकारी दिए । 

‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिसामार्फत् मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ उनले भने । 

यसअघि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो । 

सिंहदरबारमा भएको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भनेका थिए, ‘कुनै न कुनै उपाय निकाल्नु पर्छ भने कुरा नै हो । बीचको उपाय कोसिस गर्ने भन्ने छ ।’

अध्यक्ष प्रचण्डले पनि अध्यक्ष नेपालसँग संसद्मा देखिएको अवरोधबारे छलफल भएको प्रतिक्रिया दिएका थिए । ‘सदनको बारेमा छलफल भयो,’ उनले भनेका थिए, ‘अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दैछौँ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : १८ बजे

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी

भोजपुर–  भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी : एक हजार ६१ उजुरी फर्स्योट

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १६ गते शनिबार फागुन