गीताप्रेस नेपालको वेबसाइट एवं मोबाइल एप सार्वजनिक « Khabarhub

गीताप्रेस नेपालको वेबसाइट एवं मोबाइल एप सार्वजनिक


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थापनाको एक दशक पूरा भएको अवसरमा गीताप्रेस नेपालले आधिकारिक वेबसाइट एवं मोबाइल एप सार्वजनिक गरेको छ । बिहीबार वनकाली पशुपतिमा आयोजित कार्यक्रममा गीताप्रेस नेपालले वेबसाइट एवं मोबाइल एप सार्वजनिकसँगै श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन पनि गरेको छ ।

बिहीबार गीताप्रस नेपाल पुस्तक बिक्री केन्द्र काठमाडौंका अध्यक्ष जय किसन साडाले नेपालमा गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा वि.सं. २०७३ जेष्ठ २९ गते विधिवत् उद्घाटन भइ सञ्चालनमा रहेको जानकारी दिए । 

उनले गीताप्रेसबाट प्रकाशित भएका कृतीहरूको प्रचार प्रसार एवं आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पुस्तकहरू निःशुल्क अध्ययन गरी आध्यात्मिक एवं धार्मिक लाभ लिन सकुन् भन्ने अपेक्षा रहेको बताए । उनले उक्त एप तथा वेबसाइटमा गीताप्रेसबाट प्रकाशित पुराण, रामायाण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजनसहित महत्त्वपूर्ण लेख रचनाहरूलाई समावेश गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ३७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको