गीताप्रेस नेपालको वेबसाइट एवं मोबाइल एप सार्वजनिक « Khabarhub

गीताप्रेस नेपालको वेबसाइट एवं मोबाइल एप सार्वजनिक


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थापनाको एक दशक पूरा भएको अवसरमा गीताप्रेस नेपालले आधिकारिक वेबसाइट एवं मोबाइल एप सार्वजनिक गरेको छ । बिहीबार वनकाली पशुपतिमा आयोजित कार्यक्रममा गीताप्रेस नेपालले वेबसाइट एवं मोबाइल एप सार्वजनिकसँगै श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन पनि गरेको छ ।

बिहीबार गीताप्रस नेपाल पुस्तक बिक्री केन्द्र काठमाडौंका अध्यक्ष जय किसन साडाले नेपालमा गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा वि.सं. २०७३ जेष्ठ २९ गते विधिवत् उद्घाटन भइ सञ्चालनमा रहेको जानकारी दिए । 

उनले गीताप्रेसबाट प्रकाशित भएका कृतीहरूको प्रचार प्रसार एवं आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पुस्तकहरू निःशुल्क अध्ययन गरी आध्यात्मिक एवं धार्मिक लाभ लिन सकुन् भन्ने अपेक्षा रहेको बताए । उनले उक्त एप तथा वेबसाइटमा गीताप्रेसबाट प्रकाशित पुराण, रामायाण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजनसहित महत्त्वपूर्ण लेख रचनाहरूलाई समावेश गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ३७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने