कुलमान भन्छन्‌ – लोडसेडिङ हटेपनि धेरै क्षेत्र अँध्यारोमै ! « Khabarhub

कुलमान भन्छन्‌ – लोडसेडिङ हटेपनि धेरै क्षेत्र अँध्यारोमै !


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सर्लाही – नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटे पनि देशका धेरै क्षेत्रमा अझै विद्युत नपुगेको बताएका छन्‌ ।

लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा घिसिङ बोल्दै थिए ।

घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको, तर सरकारले शून्य नम्बर दिएको, जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रङ्कलाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइएको बताए ।

उनले भने, ‘लोडसेडिङको अँध्यारो हटेको छ, तर अझै धेरै क्षेत्रमा अँध्यारो छ, त्यसलाई हटाएर उज्यालो बनाउनुपर्नेछ, हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गरी वार्षिक रूपमा करिब सात खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ, यो देशको कुल गार्हस्थ उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ, स्वच्छ एवम् हरित ऊर्जाको रुपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौं भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ३६ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय