आईटीई हङकङ २०२५ : विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह « Khabarhub

आईटीई हङकङ २०२५ : विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हङकङ– नेपाल पर्यटन बोर्डले विश्वभरका पर्यटन व्यवसायीहरूलाई नेपालसँग जोडिन आग्रह गरेको छ।  बिहीवारदेखि हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा सुरु भएको अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ-२०२५ मा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिएका हुन्।

वरिष्ठ प्रबन्धक भट्टराईले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रस्तुतीकरणसमेत गरेका थिए। १५ जुन सम्म जारी रहने प्रदर्शनीमा बोर्डले नेपालको प्याभिलियन राखेर हङकङ र क्षेत्रीय पर्यटन बजारमा नेपाली गन्तव्यहरूको बजारीकरण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

नेपाली प्याभिलियनमा प्राचीन सम्पदा, हिमाली शिखर, दुर्लभ वन्यजन्तु, सांस्कृतिक अनुभव र साहसिक गतिविधिहरूलाई आकर्षक रुपमा प्रस्तुत गरिरहेको छ। नेपाली प्याभिलियनमा हङकङका लागि महावाणिज्यदूत डा। बिन्देश्वर प्रसाद लेखकले भ्रमण गरेका थिए। बोर्ड र सहभागी कम्पनीहरूको प्रयासको प्रशंसा गर्दै आईटीई २०२५ मा प्रचारका अवसरहरूलाई अधिकतम उपयोग गर्न उनले प्रोत्साहन गरे।

नेपाल प्याभिलियनमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल, पर्ल हलिडेज ,अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस,नर्थ नेपाल ट्राभल एण्ड ट्रेक, सातोरी एड्भेन्चर्स, जुगल हलिडेज र क्यान्टन इन्टरनेशनल ट्राभल सर्भिस नेपाल प्रा.लि. सहभागी छन् ।

बोर्डले विश्वका विभिन्न मुलुकमा पुगेर नेपालका सांस्कृतिक सम्पदा, हिमाली दृश्य र रोमाञ्चक साहसिक गतिविधि प्रदर्शन गरिरहेको छ। यस्ता गतिविधिले नेपालको पर्यटन प्रवर्द्धन र विदेशी मुद्राको आर्जनमा राष्ट्रलाई टेवा पुर्‍याउने विश्वास लिएको बोर्डको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ४० बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय