भारत र इजरायलले व्यापार विविधीकरण गर्ने « Khabarhub

भारत र इजरायलले व्यापार विविधीकरण गर्ने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र इजरायल व्यापार विविधीकरण गर्न सहमत भएका छन् । भारतका उद्योग वाणिज्यमन्त्री पियूष गोयल र इजरायलका अर्थ तथा उद्योगमन्त्री निर बारकातबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुई मुलुकका मन्त्रीबीच फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई जनाबीच व्यापार विविधीकरणका साथै नवप्रवर्तन, अत्याधुनिक प्रविधि र उदीयमान क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि सहमति भएको छ ।

फ्रान्समा रहँदा मन्त्री गोयलले त्यहाँका लगानीकर्तालाई भारतमा लगानी गर्न पनि आग्रह गरेका थिए । उनले दुई मुलुकबीच बलियो व्यापारिक सम्बन्ध रहेको भन्दै आपसी हितलाई मध्यनजर गर्दै भारतमा लगानी गर्न फ्रान्सेली कम्पनीलाई आह्वान गरेका थिए ।

फ्रान्समा रहँदा मन्त्री गोयलले विश्व व्यापार संगठन डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इवेआलासँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा मन्त्री गोयलले भारत सदैव निष्पक्ष, स्वतन्त्र, समावेशी र नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको पक्षमा रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ४७ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती