एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका कुमार के भन्छन् ? « Khabarhub

एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका कुमार के भन्छन् ?


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहमदाबादमा भएको एयर इण्डिया विमान दुर्घटनामा एक यात्रु जीवित फेला परेका छन्। अहमदाबादका प्रहरीले विमानको ११ए सीटमा बसेका यात्रु जीवितै भेटिएको बताएको छ ।

अहमदाबादका प्रहरीका आयुक्त जी.एस. मलिकले जानकारी दिँदै भने, “प्रहरीले सीट नम्बर ११ए मा एक जीवित व्यक्ति फेला पारेको छ। ती व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ र हाल उपचार भइरहेको छ। हालसम्म मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन, तर विमान आवासीय क्षेत्रमा खसेको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना छ।”

भारतीयसञ्चार माध्यमका अनुसार ४० वर्षीय विश्वास कुमार रमेश जीवितै भेटिएका हुन् । उनले आफूमाथि बितेको क्षणको बयान दिएका छन्। उनले भने, “उडान भरेको करिब तीस सेकेन्डपछि एक जोरको आवाज आयो र त्यसपछि विमान खस्यो। यो सबै एक्कासी भयो। जब म होशमा आएँ, मेरो चारैतिर शवहरू बिछिएका थिए। म अत्यन्तै डराएँ र त्यहाँबाट भागेँ। विमानका टुक्रा चारैतिर छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल पुर्‍यायो।”

विश्वास बेलायतका नागरिक हुन् । उनी केही दिनका लागि परिवारसँग भेटघाट गर्न भारत आएका थिए। उनी आफ्ना ४५ वर्षीय दाजु अजय कुमार रमेशसँग बेलायत फर्कंदै थिए। विश्वासले बताएअनुसार उनी विगत २० वर्षदेखि लन्डनमा बस्दै आएका छन् र उनकी पत्नी तथा छोराछोरी पनि त्यहीँ बस्छन्।

यता बेलायतका महाराजा चार्ल्स तृतीयले अहमदाबादमा भएको यो भयावह दुर्घटनाबाट आफू र महारानी कैमिला स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

यस्तै गुजरात सरकारले विमानमा सवार यात्रुका आफन्तहरूलाई शवको पहिचानका लागि डीएनए नमुना दिन अपिल गरेको छ। दुर्घटना अत्यन्तै भीषण भएको हुनाले धेरै शवहरूको पहिचान गर्न मुस्किल परिरहेको बताइएको छ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ५८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल