विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रूपाणीको मृत्यु « Khabarhub

विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रूपाणीको मृत्यु


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको अहमदाबादमा बिहीबार भएको एयर इण्डिया विमान दुर्घटनामा निधन भएको छ।

उक्त विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको थियो। विजय रूपाणी आफ्नी छोरीलाई भेट गर्न लन्डन जाँदै थिए।

केन्द्रीय मन्त्री सीआर पाटिलले पूर्व मुख्यमन्त्री रूपाणीको मृत्यु भएको पुष्टि गरे । भारतीय जनता पार्टी (भाजपा) गुजरातका प्रमुख समेत रहेका पाटिलले पूर्व मुख्यमन्त्री रूपाणीको निधनप्रति शोक व्यक्त गर्दै भने, “उहाँ आफ्नो परिवारसँग भेट गर्न जाँदै हुनुहुन्थ्यो, तर यो दुःखद दुर्घटनामा परी जानुभयो। भगवानले उहाँको आत्मालाई शान्ति प्रदान गरून्।”

भारतीय सञ्चारमाध्यमका अनुसार पूर्व मुख्यमन्त्री रूपाणीकी पत्नी लन्डनबाट र छोरा अमेरिकाबाट अहमदाबाद आउँदै छन्। उक्त विमानमा १२ जना चालकदलसहित कुल २४२ जना यात्रु सवार थिए।

दुर्घटनाग्रस्त विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्तुगीज र १ जना क्यानाडाली नागरिक सवार थिए। दुर्घटना अहमदाबादको मेघाणी नगर क्षेत्रमा भएको हो । विमानमा सवार एक जनालाई जीवितै उद्धार गरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ९ : २३ बजे

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले