विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रूपाणीको मृत्यु « Khabarhub

विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रूपाणीको मृत्यु


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको अहमदाबादमा बिहीबार भएको एयर इण्डिया विमान दुर्घटनामा निधन भएको छ।

उक्त विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको थियो। विजय रूपाणी आफ्नी छोरीलाई भेट गर्न लन्डन जाँदै थिए।

केन्द्रीय मन्त्री सीआर पाटिलले पूर्व मुख्यमन्त्री रूपाणीको मृत्यु भएको पुष्टि गरे । भारतीय जनता पार्टी (भाजपा) गुजरातका प्रमुख समेत रहेका पाटिलले पूर्व मुख्यमन्त्री रूपाणीको निधनप्रति शोक व्यक्त गर्दै भने, “उहाँ आफ्नो परिवारसँग भेट गर्न जाँदै हुनुहुन्थ्यो, तर यो दुःखद दुर्घटनामा परी जानुभयो। भगवानले उहाँको आत्मालाई शान्ति प्रदान गरून्।”

भारतीय सञ्चारमाध्यमका अनुसार पूर्व मुख्यमन्त्री रूपाणीकी पत्नी लन्डनबाट र छोरा अमेरिकाबाट अहमदाबाद आउँदै छन्। उक्त विमानमा १२ जना चालकदलसहित कुल २४२ जना यात्रु सवार थिए।

दुर्घटनाग्रस्त विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्तुगीज र १ जना क्यानाडाली नागरिक सवार थिए। दुर्घटना अहमदाबादको मेघाणी नगर क्षेत्रमा भएको हो । विमानमा सवार एक जनालाई जीवितै उद्धार गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ९ : २३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली