आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री « Khabarhub

आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले विगत ११ महिनायताको देशको आर्थिक सूचकाङ्क राख्दै बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताएका हुन् । सरकारको खातामा रु तीन खर्ब ६० अर्ब मौज्दात, सोधनान्तर स्थिति रु ४३८ अर्ब ५२ करोड, आयात १३ प्रतिशत र निर्यात ७३ प्रतिशतले वृद्धि रहेको उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यस्तै रेमिट्यान्स एक महिनामै रु एक खर्ब ६५ अर्ब, रेमिट्यान्स १३ दशमलव २ प्रतिशतले वृद्धि, विदेशी मुद्रा विनिमयको सञ्चिती रु १८ अर्ब ४० करोड, राजस्व परिचालन रु ९२२ अर्ब ४३ करोड र मूल्य वृद्धिकर २ दशमलव ७७ प्रतिशत रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : ३१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य