लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको थियो। सो समयमा फिफा वर्ष खेलाडी भएका एसी मिलानका जर्ज वेका कारण सो देश संसारका सामु चर्चामा आएको थियो। अहिले अन्य कारणले पनि लाइबेरिया देश चर्चामा छ। लाइबेरियाका व्यक्तिको राम्रो अङ्ग्रेजी भएका कारण डोनाल्ड ट्रम्प समेत अचम्ममा परेका थिए।
लाइबेरियाका केही रोचक तथ्य पनि छन्। जुन संसारका लागि पठनीय हुनसक्छ। त्यत्ति मात्र होइन, लाइबेरियाको इतिहास पढ्ने हो भने अमेरिका र लाइबेरियाको सम्बन्ध जोडिएका धेरै पाटा छन्।
अफ्रिकन अमेरिकनको देश
लाइबेरिया दास स्वतन्त्र भएपछि स्थापित भएको देश हो। सन् १८२२ मा अफ्रिकन अमेरिकन स्वतन्त्र भएपछि लाइबेरिया स्थापना भएको हो। सन् १८६२ मा पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले लाइबरिया स्वतन्त्र भएको घोषणा गरेका थिए।

औपनिवेशिक कालमा नै अमेरिकाबाट भागेर धेरै जना दासर लाइबेरिया पुगेका थिए। लिङ्कनले स्वतन्त्र राज्यको रूपमा मान्यता दिए पनि त्यहाँको रहनसहन मात्र होइन, राजनीतिमा पनि अमेरिकी प्रभाव लामो समयसम्म कायम नै रहेको थियो।
लाइबेरियाका अहिलेसम्मका २६ राष्ट्रपति मध्य १० जनाको जन्म अमेरिकामा भएको थियो। अमेरिकी मुलका व्यक्तिबाट एक शताब्दी भन्दा लामो समय लाइबेरियामा प्रभाव रहे पनि सन् १९९० मा त्यस देशमा भएको राजनीतिक परिवर्तनले मानिसको मानसिकतामा परिवर्तन गरेको थियो। ३५ वर्ष अघि लाइबेरिया सैनिक शासनबाट मुक्त भएको हो।
अमेरिकी राष्ट्रपतिको सम्मान
लाइबेरियाको राजधानी मोनरोभिया समेत पाँचौँ अमेरिकी राष्ट्रपति जेम्स मोनरोको सम्मानमा राखिएको हो। मोनरो अमेरिकी औपनिवेशिक समाज (एसिएस) को बलियो समर्थक थिए। पश्चिम अफ्रिकामा भागेर पुगेर अमेरिकीलाई फेरि सङ्गठित गर्ने सवालमा एसिएसको भूमिका उल्लेख्य छ। एसिएसको लाइबेरियालाई संस्थागत गर्ने विषयमा पनि धेरै ठुलो भूमिका छ।
यत्ति मात्र होइन, लाइबेरियाको राजधानीको सुरुवाती आर्किटेकमा अमेरिकी भवनको प्रभाव देखिन्थ्यो। सो सहरको मुख्य अस्पतालको नाम जोन एफ केनेडी मेडिकल सेन्टर हो।

लाइबेरियाको राष्ट्रिय झन्डा समेत अमेरिकासँग मिल्दो छ। लाइबेरियाको झन्डामा ११ रातो र सेतो स्ट्रिप छ। सेतो तारा भएको निलो खाली भाग पनि छ। लाइबेरियाको झन्डा अमेरिकामा जन्मिएका सात अश्वेत महिलाले गरेका हुन्।
पूर्व राष्ट्रपति कै छोरा अमेरिकाको फुटबल टिममा लाइबेरियाका पूर्व राष्ट्रपति जर्ज वेकै छोरा टिमोथी वे अमेरिकाको राष्ट्रिय टोलीका सदस्य हुन्।
युभेन्ट्सबाट व्यवसायी फुटबल खेल्ने उनको राष्ट्रिय टोली भने अमेरिका हो। जर्ज वे भने सन् १९९५ को नाम चलेका स्टार हुन्। उनी विश्वकप फुटबल खेल्न सफल नहुने संसारका विरलै स्टार मध्यका एक हुन्। फुटबल खेलबाट सन्न्यास लिएपछि उनी राजनीतिमा प्रवेश गरेका थिए। जर्ज वे सन् १९९८ मा लाइबेरियाका राष्ट्रपति भएका हुन्।
अफ्रिकाको शान जोन्सन सेरलिफ
अफ्रिकाको पहिलो महिला राष्ट्रपति बनाउने देश पनि लाइबेरिया हो। एलेन जोन्सन सेरलिफ सन् २००५ मा लाइबेरियाको राष्ट्रपति पदमा निर्वाचित भएकी हुन्।
देशको गृह युद्ध सकिएको दुई वर्षपछि राष्ट्रपति पदमा निर्वाचित उनको शासन सन् २०१८ सम्म कायम थियो। बलियो अमेरिकी पृष्ठभूमि भएकी उनको अध्ययन मेडिसन बिजिनेस कलेजमा भएको हो। त्यसपछि उनी हावर्ड विश्वविद्यालयमा पुगेकी हुन्। त्यहाँबाट अर्थशास्त्रीको रूपमा उनी ग्रयाजुएट भएकी हुन्। उनले शासनकालमा शान्ति स्थापनाका लागि निर्वाह गरेको भूमिका धेरैका लागि प्रशंसाको विषय बनेको थियो।
सन् २०११ मा उनले लेमाया जिबोवे र टावाकुल कोरबानको साथमा नोबेल शान्ति पुरस्कार पाएकी थिइन्। सन् २०१६ मा फोर्ब्सले उनलाई संसारको सबै भन्दा शक्तिशाली महिला घोषित गरेको थियो।
संसारमा सबै भन्दा धेरै रबर खेती भएको देश पनि लाइबेरिया हो। त्यहाँ ४७९ वर्ग किलोमिटरमा रहेको रबर प्लान्ट फाइरस्टोन लाइबेरियाको स्वामित्वमा छ। यसलाई अमेरिकी टायर उत्पादन कम्पनीले अनुदान दिएको छ।
सन् १९२६ मा अमेरिकी नियन्त्रण रहने गरी यसको सञ्चालन भएको थियो। त्यसफर्ममा चार हजार भन्दा बढी कामदार छन्।
सन् २००६ मा संयुक्त राष्ट्र संघले त्यस स्थानमा धेरै नै मानव अधिकार हनन भएको रिपोर्ट प्रकाशित गरेको थियो। अमेरिकी बजारमा सबै भन्दा रबर निर्यात गर्ने देश पनि लाइबेरिया हो।

ट्रम्पको अभिव्यक्तिपछि लाइबेरियाको विदेश मन्त्री सारा बेइसो न्यान्टीले प्रतिक्रिया दिएकी छिन्। संसारका धेरै देशका नेतालाई अफ्रिकाको भाषिक विषयमा थाहा नभएको उनले बताएकी छिन्। उनले अन्य अफ्रिकी देशका राष्ट्र प्रमुखले भन्दा लाइेबेरियाका राष्ट्रपतिले बोलेको अङ्ग्रेजी फरक भएको महसुस हुनु सामान्य भएको बताएकी छिन्।
ट्रम्पले लाइबेरियाका राष्ट्रपति जोसेफ बोएकाइसँगको ह्वाइट हाउसमा भएको भेटपछि उनको अङ्ग्रेजी भाषाको तारिफ गर्दै सो कुरा बताए पछि लाइबेरियामा विभिन्न किसिमको प्रतिक्रिया देखिएको छ। ट्रम्पले बोएकाइसँगको भेटमा पढाइको विषयमा पनि सोधेका थिए।
लाइबेरिया मात्र होइन संसारका ६७ देश तथा २७ गैर सार्वभौम संस्थामा अङ्ग्रेजी भाषा नै अफिसियल भाषा छन्। यस्ता धेरै देशहरू क्यारेबियन क्षेत्रमा छन्। अफ्रिकामा पनि एकाध देशमा अङ्ग्रेजी औपचारिक भाषा हो।
पाँच अफ्रिकी नेतासँगको भेट
अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पाँच देशका नेतासँग भेट गरे। गाबोन, गुयना बिसु, लाइबेरिया, माउरिसेनिया र सेनेगलका नेतासँग उनले भेटेका हुन्। भेटको क्रममा उनले व्यापारका विषयमा कुरा राखेका थिए।
उनले अफ्रिका अत्यन्त धनी महादेश भए पनि त्यसले विकास गर्न नसक्नु दुःखद भएको बताए। संसारमा अन्य कतै पनि नपाइने दुर्लभ खनिजको श्रोत अफ्रिकामा रहेको उनले बताए। गाबोनका राष्ट्रपति ब्रइस ओली गिउ नुगयमाले त्यहाँ धेरै श्रोत भएकोले उत्खनन गर्नुपर्नेमा ट्रम्पले जोड दिएको बताए।

श्रोतको आधारमा संसारको केही धनी देश मध्य लाइबेरिया पनि हो। लाइबेरियासहित पाँच देशका नेताको अमेरिका भ्रमण चर्चामा छ। सायद अब अफ्रिकी खनिजको उत्खनन भएमा त्यो क्षेत्र संसारकै सबै भन्दा सुन्दर सहर बन्ने छ या बन्दैन, प्रतीक्षाको विषय हो।
स्रोत : ग्लोबेड इयु, बिबिसी, एपी र अलजजिरा
प्रतिक्रिया