सांसद र दललाई सभामुखको प्रश्न: जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका भइरहेको छ ? « Khabarhub

सांसद र दललाई सभामुखको प्रश्न: जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका भइरहेको छ ?


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नौ वर्षको अवधिमा संसदमा दलहरुले गरेका गतिविधि, दिएका चर्का नाराहरु र संसदमा खेलेका सकारात्मक वा नकारात्मक भूमिकाको समीक्षा गर्नुपर्ने सभामुख देवराज घिमिरेले बताए छन् ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले दलहरुलाई आन्तरिक लोकतन्त्र बलियो बनाउन आग्रह गरे । सभामुख घिमिरेले संसदमा दलहरुले खेलेको भूमिका हेर्दा पार्टी निर्माण गर्ने खाल्को नदेखिएको गुनासो पोखे ।

‘जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका खेल्नका लागि स्ट्राटेजी बनाएर खेलिरहेका गतिविधिहरु पनि मलाई लाग्छ यहाँहरुले चलिरहेको संसद (छैठौँ बर्खे अधिवेशन) मा हेरिरहनु भएको छ । जसले त्यसमा टेकेर जनताको विश्वास जित्ने आधार बनाउने कोशिश गरिरहेको छ ?’, सभामुख घिमिरेले प्रश्न गरे, ‘यो आफैंमा ठीक छ कि छैन ?’

उनले दलहरुलाई ‘यो नीति सिद्धान्त र व्यवहारमा ठीक हो कि होइन ?’ भन्दै प्रश्न गरे । ‘संसदीय इतिहास भएका चाहे पुँजीवादी मुलुकका लामो इतिहास भएका देशहरुको संसदको इतिहास र राजनीतिक पार्टीहरुको भूमिका र सांसदहरुको भूमिकालाई हेरौँ, चाहे समाजवादी मुलुकहरुका भूमिकालाई हेरौँ । छोटो इतिहास भएको हाम्रै नेपाललाई पनि दाँजेर हेरौँ । यो कति उचित छ, कति उचित छैन ? यसलाई करेक्सन गर्न दलहरु तयार हुन्छन् कि हुँदैनन् ?’ सभामुख घिमिरेले भने, ‘दलहरुलाई त्यसरी तयारी गर्नका लागि हाम्रो समाज जागरुक भएर लाग्छ कि लाग्दैन ?’

दलहरुले पारदर्शी ढङ्गबाट कामहरू गर्नुपर्ने र त्यसमा भएका कमिकमजोरीहरुलाई समयमै सच्याउनुपर्ने सभामुख घिमिरेले बताए । दलहरुले आवधिक निर्वाचन जित्न फेरि जनताको बीचमा जाने वातावरण बनाउनु पर्ने बताए ।

दलहरुप्रति इंगित गर्दै उनले भने, ‘उनीहरुको इमानदारिता, उनीहरुले बहस गर्ने नीति नियामक गर्ने ठाउँलाई खुला राख्नुपर्ने, आफ्ना विचारहरुलाई राख्दै सदनमार्फत् सरकार र राष्ट्रलाई आह्वान गर्नुपर्ने र तीनवटै निकायहरु न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई प्रभावकारी बनाउने र त्यसका लागि आवश्यक विचार, व्यवहार, इमान, निष्ठा, समर्पण लिएर अगाडि बढ्ने संस्था निर्माण गर्न नेपालमा जरुरी छ । त्यो आवश्यकता आज खड्किएको छ । त्यो अभिव्यक्ति मेरो विचारमा संसदीय प्रणालीमा संसदबाट, संसदमार्फत् बनेको सरकारबाट, सरकारले गरिरहेका काम कारबाहीहरुबाट अगाडि जाने छ ।’

सभामुख घिमिरेले वर्तमान परिस्थितिमा आन्तरिक लोकतन्त्र बलियो बनाउने र आन्तरिक लोकतन्त्र राजनीतिक दलहरुभित्र कार्यान्वयन गर्ने, नीति र नेतृत्व जनताको चाहाना र आवश्यकताका आधारमा निर्माण गर्ने र त्यसले निर्माण गरेको नीति र नेतृत्वलाई अनुशासित ढङ्गबाट सञ्चालन गर्दै प्रभावकारी ढङ्गबाट अगाडि जानुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘त्यसका लागि यदाकदा चुनौती आइरहेका छन् । यी चुनौतीहरुलाई सामना गर्दै समयलाई अगाडि बढाएर जाने दलहरुलाई एउटा अवसरको रुपमा आएको छ ।’

सभामुख घिमिरेले राजनीतिक दलहरुले आफ्नो सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम कार्यान्वयन गर्न संसदमा प्रभावकारी भुमिका खेल्न जरुरी रहेको बताएका थिए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : २८ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन