आज २०८२ साल साउन २७ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल साउन २७ गते मंगलबारको राशिफल


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २७ गते मंगलबार। भाद्र कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ अगष्ट १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। विरोधमा सक्रिय छन्। आफ्नो भनेको साथी विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

वृष : दिन राम्रो छ। आज तपाईं बोल्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। राजनीतिक नियुक्तिको अवसर प्राप्त होला। शिक्षामा सफलता मिल्नेछ।

मिथुन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। गुरुसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। हरेक काममा थप मिहिनेत आवश्यक छ।

कर्कट : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंह : दिन सामान्य छ। साथीभाइ नै विरोधमा सक्रिय छन्। तपाईंले विश्वास गरेका पात्र विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। तपाईंमाथि व्यवहारिक बोझ थपिने छ। आफन्तले काममा अवरोध गर्नेछन्। परिवारको साथमा काम गर्नुपर्ने छ। शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नसक्छ।

वृश्चिक : दिन राम्रो छ। प्रतिभाको प्रदर्शन गर्नुपर्ने छ। परिवारभित्रका व्यक्तिले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन्। विपक्षी शान्त भएकाले काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

धनु : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको योजना सफल बन्नेछ। गुरुको साथ लिएर अगाडि बढ्नुपर्ने छ। परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। स्वदेशमै रोजगारीको विकल्प देखेर मन रमाउने छ। स्वास्थ्य र शिक्षाको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने देखिन्छ।

कुम्भ : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मीन : दिन सामान्य छ। खर्च बढ्नेछ। सोचेको काम बन्दा अनावश्यक खर्चले सताउने छ। यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ०६ बजे

१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य

काठमाडौं– पछिल्लो १० घण्टामा क्रिप्टोकरेन्सी बिट्क्वाइनको मूल्य झण्डै २ हजार

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा