हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए। 

सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए । भ्रष्ट आचरण भएका व्यक्ति छन्भने पदासीन भए पनि तिनले मनदेखि अरूको सम्मान नपाउने उनको भनाइ छ ।

उनले संयुक्त राष्ट्रसङ्घको भनाइ उद्धृत गर्दै ‘कोही पनि पछि नपरून्’ (नो वान लेफ्ट बिहाइन्ड) भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवनयापनका लागि दृढ संकल्प गर्न आग्रह गरे । 

‘नेपाललाई विकसित मुलुकमा रूपान्तरणका लागि हामीले सुशासनको दृढ सङ्कल्प लिएर दौडन आवश्यक छ । अहिले असन्तुष्टि भड्काएर अराजकता मच्चाउन खोजिएको छ । त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक रुपमा उर्वर र ज्ञानको उद्गमभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन । अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ । त्यस क्रममा सतर्कता केन्द्रले सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।’
 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : १५ बजे

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौँ – राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था

कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस दैलेखका

पूर्वराष्ट्रपतिबारे शंकर पोखरेल- पार्टीले सम्मान गर्दा पनि उहाँले आफ्नो गरिमा भुल्नुभयो

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका

प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो काम : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

दोधारा चाँदनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष

नेपालको प्रविधि रूपान्तरणका लागि साझा दृष्टिकोण निर्माण सम्बन्धी कार्यशाला 

काठमाडौं– नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई