संसद भवनमा सभामुख सामु अनसन बस्ने मोदीको चेतावनी | Khabarhub Khabarhub

संसद भवनमा सभामुख सामु अनसन बस्ने मोदीको चेतावनी


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसदभित्रै अनसन बस्ने चेतावनी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मोदीले हुलाकी राजमार्गको कटहरि खण्ड निर्माण हुन थालेको १० वर्ष हुन लाग्दा समेत सम्पन्न हुन नसकेको भन्दै यस विषयमा सभामुखबाट रुलिङ नभए  सांसदमै अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले आफूले पटक पटक सदनमा उठाएको विषयमा सरकारले कुनै चासो नदेखाएको र कटहरि खण्डको सडकमा नै जनताले धान रोपाई गर्न थालेको जिकिर गरे । 

सांसद मोदीले सरकारको ध्यान भ्रष्टाचार कमिशनमा मात्रै केन्द्रित भएको आरोप लगाए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : २० बजे

प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने पक्षमा एमाले छैन, ८४ को निर्वाचनसम्म गठबन्धन तलमाथि हुँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

दमौली– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ

कञ्चनपुरमा आगलागीबाट एक लाख बराबरको धनमाल जलेर नष्ट

कञ्चनपुर– कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने बिन्तिराम चौधरीको गोठमा मंगलबार बिहान आगलागी हुँदा

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं संविधानसभाका सदस्य खड्गबहादुर बस्यालको

एन्फले सुरु गर्‍यो ‘ग्रासरुट’ फुटबल कार्यक्रम

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ग्रासरुट्स फुटबल कार्यक्रमको शुभारम्भ