धनकुटाको हिलेमा सुरू भयो एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठक « Khabarhub

धनकुटाको हिलेमा सुरू भयो एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठक


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनकुटा- नेकपा (एमाले) कोशी प्रदेश कमिटीको सातौँ बैठक धनकुटाको हिले बजारमा सुरू भएको छ ।

एमाले महासचिव शंकर पोखरेलले उक्त बैठकको मंगलबार उद्घाटन गरेका छन् । बैठकमा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले विभिन्न प्रस्ताव पेश गरेका छन् ।

बैठकमा पार्टी कोशी प्रचार तथा प्रकाशन विभागले प्रत्येक दिन साँझ ७ बजे समाचार बुलेटिन प्रशारण गर्ने गरी सूर्य समाचार सुरुवात थालिएको छ ।

यस बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा रोक लगाउने गरी साउन ५-६ को केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन गर्न जारी गरिएको अन्तरपार्टी निर्देशन-१२ प्रदेश कमिटी सचिव राजकुमार भन्डारीले वाचन गरेका छन् ।

उनले अपानिअनुरुप चल्न पनि सबै सदस्यलाई निर्देशन दिएका छन् । यो बैठक साउन २७ र २८ गते दुई दिन चल्ने भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ३५ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम