महेश बर्तौलाले भने- रास्वपा र राप्रपाको बहिष्कारले संसद्‍कै गरिमामाथि प्रश्न उठायो « Khabarhub

महेश बर्तौलाले भने- रास्वपा र राप्रपाको बहिष्कारले संसद्‍कै गरिमामाथि प्रश्न उठायो


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद् बहिष्कार गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संसदीय विधिभित्र राखेर अघि बढ्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले संसद् बहिष्कार गर्दै आएका रास्वपा र राप्रपाको कमदप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

‘यो व्यवहार आपत्तिजनक छ, खेदजनक छ,’ मुख्य सचेतक बर्तौलाले भने, ‘उहाँहरूलाई संसदीय विधि भित्र राखेर आफूलाई अगाडि बढाइनुपर्छ ।’

उनले रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको छानबनिका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको १७ दिनमै सरकारले संसदीय विशेष छानबिन समिति गठन गरेको स्मरण गराए ।

‘जेठ १३ गते प्रवेश पायो । विपक्षी बेन्चबाट विषय उठेपछि उच्चस्तरीय छानबिन समिति माग यो संसद्मा भयो,’ उनले भने, ‘सरकारले १७ दिन बित्दा नबित्दै समिति बनाउने घोषणामात्र गरेन, बनायो ।’

उनले रास्वपा र राप्रपाले गर्दै आएको संसद् बैठक बष्किारले सदनको गरिमा र मर्यादामा प्रश्न पनि सिर्जना गरेको पनि जिकिर गरे ।

‘यो बहिष्कारको समाचार आजमात्रै होइन, निकै लामो समयदेखि हामीले यो सुन्दै, देख्दै, ब्यहोर्दै आइरहेका छौँ,’ बर्तौलाले भने, ‘यसले सिंगो सदनको गरिमा र यसको मर्यादाका सन्दर्भमा एउटा प्रश्न पनि सिर्जना गरेको छ ।’

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : १३ बजे

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको

भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर– जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण र

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बागमती– हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ