कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस दैलेखका पूर्वसभापति रवीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार शोक विज्ञप्ति जारी गरी हिजो निधन भएका श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । 

सभापति देउवाले नेपाली कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको बताए ।

उनले स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताए ।

सभापति देउवाले स्व श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्  । 

विसं २००५ पुस ८ गते जन्मिएका स्व श्रेष्ठ प्रतिबन्धित कालमा नेपाली कांग्रेस दैलेखका सचिव र २०४८ देखि २०५१ सम्म जिल्ला सभापति भएका थिए ।

स्व श्रेष्ठले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

स्व श्रेष्ठ त्रिभुवन माध्यमिक विद्यालय दैलेखको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, नेपाल परिवार नियोजन सङ्घ दैलेखको सभापति र नेपाल सरकारको वन पैदावार विकास समितिको महाप्रबन्धक जस्ता विभिन्न पदमा रहेर सामाजिक कार्यमा समेत संलग्न थिए ।

उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ५७ बजे

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका

गुरुङ समुदायमा मनाइयो ट्होटेँ

गण्डकी– आज साउनको अन्तिम मंगलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका

बलोचिस्तानमा विद्रोही आक्रमण, ९ सैनिक मारिए

एजेन्सी – पाकिस्तानको बलोचिस्तान प्रान्तमा सोमबार भएको विद्रोही आक्रमणमा ९