फूल उत्पादनमा वृद्धि « Khabarhub

फूल उत्पादनमा वृद्धि


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाख रुपैयाँको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ ।  

पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १५ करोड रुपैयाँले आयातमा कमी आएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आयातमा कमी आउनुको मुख्य कारण भन्सारमा कडाइ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु र उत्पादन बढ्नु नै हो ।  

यसैगरी, अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड दुई लाख बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गत आर्थिक वर्षमा दुई करोड १३ लाख रुपैयाँको फूल निर्यात भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

यसरी फूल निर्यात हुने जापान, अस्ट्रेलिया, माल्टा, हङकङलगायतका देशमा निर्यात हुने गरेको छ । हरेक वर्ष तिहारमा प्रयोग हुने मखमली फूल र प्रणय दिवसका लागि रातो गुलाफ आयात गर्ने गरिएको छ । 

पछिल्लो समय स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने अनुमान छ । हरेक वर्ष फूल उत्पादन बढ्दै गए पनि वार्षिक रूपमा १५ देखि २० प्रतिशत फूलको बजार माग बढ्ने गरेकाले पूर्ण रूपमा फूल आयातमा रोक्न नसकिएको बताइएको छ ।  

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५४ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । 

व्यावसायिक रूपमा ५१ हजार ५० जना यस व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी बनेका छन् । लगभग २२१ हेक्टर क्षेत्रफलमा यो व्यवसाय सञ्चालनमा हुँदै आएको छ ।  यस व्यवसायको वार्षिक लक्ष्य भने तीन अर्ब रुपैयाँभन्दा बढी रहेको छ । फूलको व्यापार विशेषगरी असोजदेखि फागुन महिनासम्म बढी हुने गरेको छ 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ४६ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३