शक्ति बस्नेत भन्छन्- एक वर्षको अवधिमै सरकारले आफ्नो औचित्य गुमाउँदै गयो « Khabarhub

शक्ति बस्नेत भन्छन्- एक वर्षको अवधिमै सरकारले आफ्नो औचित्य गुमाउँदै गयो


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एक वर्षको अवधिमा वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बस्नेतले एक वर्षको अवधिको अवधिमा ठूला दल मिलेर गठन भएको वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन् ।

उनले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीहरूको खोजी कार्यका लागि सरकारले कुनै पहल गर्न नसकेको जिकिर गरे  । उनले कूटनीतिक तवरबाट उक्त घटनामा बेपत्ता भएका नेपाली नागरिकको खोजीका लागि भइरहेको पहलका बारेमा सदनमा जानकारी दिन सरकारसँग माग गरे । 

बस्नेतले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्रै नपुग्ने भन्दै सो क्षेत्रका जनतालाई सरकारी तवरबाट भएको राहत लगायतका कामका बारेमा समेत जानकारी गराउन माग गरे । 

उनले कैलाली कारागारमा भएको घटना सुरक्षा कमजोरी मात्रै नभई सरकारको गैर जिम्मेवारपन व्यवहारको परिणाम भएको आरोप लगाए  ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ५० बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३