बलात्कारमा संलग्नलाई जन्मकैदको व्यवस्था गरौँ : सांसद विश्वकर्मा « Khabarhub

बलात्कारमा संलग्नलाई जन्मकैदको व्यवस्था गरौँ : सांसद विश्वकर्मा


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलात्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले विद्यमान कानुन संशोधन गरेर त्यस्ता अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताइन्।
 
‘जघन्य अपराधमा संलग्न हुनेलाई थप कानुन परिमार्जन गरी जन्मकैदको सजाय दिलाउन कडा कानुन बनाउन माग गर्दछु’, सांसद विश्वकर्माले भनिन्। 

उनले दैलेखको चामुण्डा नगरपालिकामा तीज पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रम हेरेर घर फर्कने क्रममा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : १० बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३