मुख्यमन्त्री बानियाँलाई लामा समूहले विश्वासको मत दिने « Khabarhub

मुख्यमन्त्री बानियाँलाई लामा समूहले विश्वासको मत दिने


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहले विश्वासको मत दिने भएको छ । 

प्रदेश राजधानी हेटौंडामा मंगलबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री बानियाँ र उनलाई विश्वासको मत दिन सर्त अघि सारिररहेको लामा समूहबीच पछिल्लो सहमति भएको हो । 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूबीच आन्तरिक विषयमा देखिएको कचिलो छलफलबाट टुंगिएपछि प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँ मंगलबार विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । 

यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : २६ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका

नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूले कुल विद्यार्थी

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा