गाईजात्रामा दर्शक हँसाउँदै ‘माइकल’ र ‘घरबेटी’ « Khabarhub

गाईजात्रामा दर्शक हँसाउँदै ‘माइकल’ र ‘घरबेटी’


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भरतमणि पौडेल र सुमन कोइराला मिल्ने दाजुभाइ हुन् । एक अर्कालाई जे सम्बोधन गरे पनि उनीहरू आत्मीय साथी हुन् ।

भरतमणि र सुमनको दोस्ती कलाकारितामा संघर्षका सुरूवाती दिनदेखिको हो । संयोग दुवैजना एउटै मञ्च ‘कमेडी च्याम्पिनय’बाट दर्शकसमक्ष परिचित र स्थापित भए । अहिलेसम्म उनीहरूको दोस्ती प्रगाढ छ ।

भरतमणिले पूर्वयुपवराज पारस शाहको क्यारिकेचर गरेर दर्शकको प्रिय बने । सुमन ‘दले दाइ’को चरित्र निर्माण गरेर दर्शकसमक्ष स्थापित भए । ‘कमेडी च्याम्पिन’ बन्ने प्रतिस्पर्धाबाटै यी दुई चर्चामा आएका हुन् ।

यी दुईले अहिले कमेडीमा आफूहरूलाई स्थापित गरेको क्यारिकेचर छाडेर नयाँ चरित्र निर्माण गरेका छन् । फलतः टेलिभिजन कार्यक्रम ‘केमडी नाइट्स विथ च्याम्पियन’मा भरतमणि ‘घरबेटी बा’ र सुमन कोइराला ‘माइकल’को चरित्रमा छाएका छन् ।

‘घरबेटी’ र ‘माइलक’ जोडी दर्शकहरूले पनि रुचाएका छन् । ‘पारस’ र ‘दले दाइ’को चरित्रमा देखिने उनीहरूलाई अब दर्शकले ‘घरबेटी’ र ‘माइकल’को भूमिकामा देख्ने छन् ।

यसको सुरुवात यसै वर्षको गाइजात्राबाट भएको छ । सांस्कृति संस्थानले नाचघरमा आयोजना गरेको गाइजात्रा ‘घरबेटी’ र ‘माइकल’को जोडीलाई देखिएको छ ।

सांस्कृतिक संस्थानको गाइजात्रामा यो जोडी आकर्षणको केन्द्र बनिरहेको छ ।

यो जोडीले गाइजात्रामा सोमबार ‘वैदेशिक रोजगार’को विषयमा प्रहसन प्रस्तुत गरेको थियो । उक्त प्रहसन ‘मेन इभेन्ट’ बन्यो ।

विदेशिन लागेका ‘माइकल’ र छोरो विदेशमा रहँदा मानसिक पीडामा ‘घरबेटी बा’को सन्दर्भको उक्त प्रहसन केन्द्रित थियो ।
यो गम्भीर विषयमा पनि उनीहरुको छोडखानीले दर्शकको हाँसोले हल गुञ्जिएको थियो ।

केहीले भन्दै थिए, ‘अन्त्यमा आएर माइकल र घरबेटीले निकै हँसाए ।’

माइकलको लेघ्रो तानेर बोल्ने संवाद ‘यार’ले दर्शकलाई छोएको पाइयो । हलबाट निस्किँदै गर्दा दर्शकको मुखमा उक्त संवाद झुन्डिएको थियो ।

भरतमणि र सुमनले प्रहसनपश्चात व्यस्तताबीच पनि खबरहबसँग एकदमै छोटो कुराकानी गरे ।

अब अन्य मञ्चमा पनि दर्शकले ‘माइकल’ र ‘घरबेटी’को जोडी देख्न पाउनुहुन्छ ? भन्ने प्रश्नमा उनीहरूले प्रतिप्रश्न गरे, ‘आजको प्रस्तुति कस्तो लाग्यो ?’

नाचघरको प्राङ्गणमा यो कुराकानी भएको थियो । प्रहसन हेरेका केही व्यक्तिहरू आएर भने, ‘तपाईंहरूको प्रस्तुति आजकै सबैभन्दा उत्कृष्ट । फोटो खिच्न मन लाग्यो ।’

एक व्यक्तिले सेल्फी खिच्न मोबाइल उठाए । भरतमणिले हामीतिर मुन्टो फर्काएर हाँस्दै भने, ‘हाम्रो प्रस्तुति यसरी नै दर्शकले मन पराउनु भयो भने पक्कै अरू मञ्चममा दर्शकले माइकल र घरबेटीलाई हेर्न पाउनुहुन्छ । तपाईंहरूको जवाफ यही हो है ।’

हलबाट निस्किएका दर्शकले प्राङ्गण भरिन थाल्यो । भरतमणि र सुमन फोटो खिचाउनै व्यस्त भए ।

उनीहरूले प्रहसनमा स्क्रिप्ट बिर्सिएको प्रसंग पनि थियो । त्यसमा दर्शक मज्जाले हाँसेका थिए । यो स्क्रिप्ट बिर्सिएको प्रसंग स्क्रिप्टेड हो कि ? साँच्चै स्क्रिप्ट बिर्सिकएको हो भन्ने सोध्नै भ्याइएन, फोटो खिच्न दर्शकले घेरिहाले ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ५९ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३